महिला उद्यमी महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ।
महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीका अनुसार व्यापार मेलालाई व्यवस्थित र प्रभावकारी बनाउने बिषयमा छलफल गर्न महासंघका पदाधिकारी सम्मिलित टोलीले बुधबार (आज) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, बाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेको छ।
‘छलफलका क्रममा मेलाको आयोजनाबारे जानकारी गराइयो। यसको व्यवस्थापनबारे मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने भन्ने बिषयमा छलफल भयो। सरकारको सहयोग र सद्भावको पनि अपेक्षा गरियो,’ वरिष्ठ उपाध्यक्ष ज्ञवालीले नागरिकन्यूजसँग भनिन्।
टोलीमा महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महासचिव महालक्ष्मी श्रेष्ठ, सचिव सविता सुवेदी र कार्यकारी निर्देशक सुयशा स्थापित सहभागी थिए।
टोलीले मन्त्री बडूलगायत दुवै सचिवसँग सिंहदरबारस्थित उनीहरुकै कार्यकक्षमा छलफल गरेको थियो।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो















प्रतिक्रिया दिनुहोस्