यही शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरूष’ ले निकै प्रशंसा पाएको छ।
नेपाली कला जगतका चर्चित मानिएका अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य गौरी मल्ल लगायतको अभिनीत नेपाली चलचित्र ‘महापुरुष’ ले राम्रै दर्शक पाएको छ ।
हरेक कलाकारको अभिनय सशक्त रहेको छ नै धेरैपछि अभिनेता हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा खुसीको अनुभव भएको दर्शकहरुलेभाव प्रकट गरेका छन् ।
यही शुक्रबार कात्तिक ११ गते देशैभरिको हलमा प्रर्दशनभएको हो भने शुक्रबार हेटौडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि प्रर्दशन भएको छ ।
प्रदीप भट्टराईको निर्देशन षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् ।
दीपक बज्राचार्यको छायांकन, मित्र डि.गुरुङको सम्पादन रहेको चलचित्रमा कवि नवराज पराजुलीले गीतकारको रुपमा डेब्यू गरेका छन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको अभिनय छ ।
………………..
‘महापुरुष’
चलचित्र सुरु एक बस्ती अर्दश नगरमा रहेका एक बुवाबाट हुन्छ ।
आफुले पाएको सन्तानकालागि त बा आमाले यसैपनि खुसी दिएकै हुन्छन् ।
तर, छोरा छोरीको खुसीका लागि हरेक बाधा सहेर बाबु छोराको हर खुसीमा रमाएको बुवा अर्थात हरिवंस आचार्यले आमाले जस्तै खुसी दिएर हुर्काएको छोरामा कथा जोडिन्छ ।
बुवाको कथामा बनेको ‘महापुरूष’ बच्चादेखि बुढासम्मले हेर्नैपर्ने भएको र परिवारमा बुबाको भूमिका के हुन्छ भन्ने चलचित्रले प्रष्ट पारेको छ ।
बुवाको दुई छोरा देखाईएको छ । निर्माता समेत रहेका रविन्द्र सिंह बाँनियाजेठो छोराको भुमिकामा छन् भने सिरु विष्टलाई बुहारीको भुमिकामा देखिएकी छन् ।
कान्छो छोरा आफ्नो भविष्य सुधार्न एउटा कामको योजनामा बिवाह गर्न एक युवतीको खोजी भईरहेको हुन्छ ।
छोराका लागि जोडी खोज्दै गर्दा बुवा अर्थात हरिवंसको एक महिलासंग भेट हुन्छ।
केही खुसीका केही दुखका पलहरु देखाउन खोजिएको चलचित्रमा त्यसपछि एक मोड आउछ ।
महिलासंग किन र कसरी भेट हुन्छ मोड आउछ ? त्यो चलचित्रमै छोडिदिएं ।
एकल जिवन बिताई रहेका वृद्धवृद्धा सधै एक्लै रहनुपर्छ भन्ने समाजमा थाहानै नपाई बुढ्यौलीमा प्रेम पलाएपछि बुवाको निर्णय छोराको कदम छोराको बिहे विग्रन खोज्नु समाजले अस्वीकार गर्नु विवाह गर्न खोज्दा आइपर्ने चुनौती अनि त्यसको नतिजालाई छर्ल«्ग पारेको छ ।
आफना सन्तानका लागी समर्पित बाबु अनि त्यो सन्तानले बाबुप्रति निभाउनुपर्ने कर्तव्यको सेरोफेरोमा रहेको चलचित्रमा हाँसो, रोदन, प्रेम र विद्रोह देखाईएको छ ।
कथा सामान्य बगेपनि अपरिपक्वा छोरा र परिपक्वा बाको कथा उठाएको चलचित्रमा केही रोमान्टीक दृष्य सहित कथाबस्तुको विषयले बा र छोरा बीचको टकराबले दर्शकहरु रुवाएर छाड्छ ।
छोराछोरीले पनि आफ्ना बाआमाका लागी उस्तै खुसी दिन सक्नुपर्छ भन्ने सन्देस दिने मोड श्रृजना समेत गएिको छ ।
त्यो कसरी भन्ने बुझ्न चलचित्रमा छोडिदिएं ।
अभिनेत्री गौरी मल्लले चटपटे र भाबुक अभिनय अनि देखि राजाराम पौडेलको अभिनयले दर्शहरुलाई हसाउँछ ।
चलचित्र भित्र केही कौतुहल्ता पनि भएकाले आँखा भने अडिक भइरहन्छ ।
आफ्नो खुसी छोडेर एक्लो बाबुको पिडाको मलम बनेर बुवाको प्रेम सफल बनाउन खोज्ने छोराले कसरी कदम चलाउछ त्यो देखाइएको छ । बाउ छोराको बिहे एक्कै साइतमा हुने मोड आइदिन्छ ।
यो जानकारी पाउन चलचित्र हेर्नका लागि अनुरोध पनि छ ।
चलचित्रमा हरेक कलाकारहरुको अभिनयमा कुनै खोट पाइदैन म निर्धक्क भन्न सक्छु ।
चलचित्र हेरेर बाहिरिएका दर्शकहरुले लामो समयपछि यति उत्कृष्ट चलचित्र रहेको व्याख्या गरिरहेका छन् ।
पक्कै पनि यो चलचित्रले एउटा कर्तव्य निष्ठ छोरा छोरी बनाएर र समाज परिवर्तन गराउन सक्ने सन्देश दिनेमा कुनै दुई मत पाइदैन । सबैले हेर्नै पर्ने चललित्र “महापुरुष” ।।।














प्रतिक्रिया दिनुहोस्