मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना जारी रहदै हिजो सामाजिक सञ्जालमा जितको घोषणा गर्दै बधाई आएको थियो।

आधिकारीक रुपमाआज साँझ सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनको नेपाली कांग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार सिता पुलामी मगर निर्वाचित भएका हुन्।

मत परिणाम अनुसर कालाखेतीले निकै अग्रस्थान लिएर जित हासिल गरे ।

कालाखेतीले ९,३६६ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्धन्दि नेकपा एमाले तर्फबाट का उम्मेदवार बनेका उम्मेदवार एकराज उप्रेतीले ४,९७० प्राप्त गरेर पराजित भएका हुन् ।

त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगर पनि अग्रस्थान ओगटेर विजयी भएकी हुन् ।

पुलामीले ६,४७० मत प्राप्त गर्दा उनको प्रतिद्धन्दि नेकपा एमालेकी सुजिता थिङले ५,४५४ मत ल्याएकी हुन्।

अध्यक्षका उम्मेदवार कालाखेती ४,३९६ मतान्तर र उपाध्यक्षका उम्मेदवार पुलामीले १,०१६ मतान्तरले विजयी भएका हुन्।

कांग्रेस र माओवादी केन्द्रले क्रमश मनहरीको ६ वटा वडामा आफ्नो किल्ला बनाएको छ ।

माओवादी केन्द्र ३ वडामा विजयी हुँदा नेकपा एमालेले आफ्नो लाल किल्ला मान्दै आएको स्थानमा ९ नम्बर वडाको सदस्य पदमा मात्र जित हासिल गरेको हो ।