नेपाल कथबानिया सेवा समाज केन्द्रिय सम्पर्क सचिव सरिता दासले मधेश प्रदेशमा महिलाहरुलाई काम गर्न निकै चुनौतीहरु भएको बताएकी छन् ।
नेपाल कथबानिया सेवा समाज, मकवानपुरले प्रथम जिल्ला अधिवेशन २०७९ सम्पन्न गर्दै गर्दा रातो समाचार संग कुरागर्दै मधेश प्रदेशको हकमा बोल्दै हाबी भएको दहेज प्रथा र बालबिवाहा रोक्नकनलागि सरकारले कदम चलाउन् पर्ने बताएकी हुन् ।
बेटी पढाउ अभियानलाई सफल बनाएमा छोरीहरु शिक्षित भएपछि यो प्रथा कम हुने दास बताउछिन् ।

जनकपुरधाम उपमहानगर ४स्थित श्री संकट मोचन देवशरण रामरती माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक पेशामा आवद्ध समेत रहेको दास भन्छिन् “मधेशमा पछिल्लो समय भन्दा अहिलेको समयमा छोरीचेलीलाई बिद्याल पठाइएको छ । समाजमा छोरीलाई काम गर्न केही सहज बनाईएको छ।”

यसै विषयमा गरिएको कुराकानीको भिडियो सहित ।।