मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना भएको छ । गढी गाउँपालिकाको वडा–७ स्थित सुकौरी स्वास्थ्य चौकीको बा.प्र.०१-००३ झ ५८०६नं.को एम्बुलेन्स दुर्घटनामा भएको हो । मंगलबार ६ बजेर ३० मिनेटको समयमा बिरामी पुर्याएर फर्कने क्रममा एम्बुलेन्स गाउँपालिका वडा–७ को डाँडाबाट तल खसेको वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिएका छन् । दुर्घटना परेर एम्बुलेन्स करिब ५ सय मिटर तल खसेको रुम्बाले बताए । दुर्घटनाबाट गम्भिर घाइते भएका एम्बुलेन्स चालक पेमा रत्न तितुङलाई उपचारको लाागि अस्पतालमा पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्