हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मत गणनाको कार्य जारी छ । मकवानपुरका दुई क्षेत्रको ४४ जना उम्मेद्वार मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुबै क्षेत्रका अग्रतामा रहेका छन् ।
मकवानपुर-२ का रास्वपाका उम्मेद्वार प्रशान्त उप्रेती ३ हजार ६ सय २७ मतसहित दोब्बर अग्रतामा रहेका छन् । कुल ८ हजार ८ सय २४ मत गन्दा रास्वपाका उम्मेद्वार उप्रेतीको अग्रता कायमै रहेको छ । ८२ हजार ४ सय १७ मत भने गन्न बाँकी रहेको छ ।
नेपाली काङ्ग्रेसका उम्मेद्वार बुद्ध लामाको १ हजार ६ सय ८१ मतसहित दोस्रो स्थानमा रहेका छन् भने एमालेका उम्मेद्वार महेश बर्तौला १ हजार ५ सय ४३ मतले तेस्रो स्थानमा रहेका छन् । उप्रेती मनहरी गाउँपालिकाका बसिन्दा हुन् ।























प्रतिक्रिया दिनुहोस्