हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका प्रशान्त उप्रेतीको अग्रता बढ्ने क्रम जारी रहेको छ । शुक्रबारबाट सुरु भएको मत गणना कार्यक्रम शनिबार साँझा सम्म पनि जारी रहेको छ । शनिबार १० बजे सम्मको मकवानपुर क्षेत्र नम्बर–२ को मत गणनाको नतीजा अनुसार करिब १८ हजार ९ सय १९ मत सहित रास्वपाका प्रशान्त उप्रतीको अग्रता बढ्ने क्रम जारी नै रहेको छ ।
नेकपा एमालेका उम्मेद्वार महेश कुमार बर्तौलाल भने दोस्रो स्थानमा रहँदै बराबरीमा आउने मन सहायले रास्वपाका उम्मेद्वार प्रशान्त उप्रेतीलाई पछ्याउने क्रमलाई निरन्तरता दिएका छन् । एमालेका उम्मेद्वार महेश १४ हजार ४८ मत हासिल गर्दै दोस्रो स्थानमा रहँदा नेपाली काँग्रेसका उम्मेद्वार बुद्ध लामा १२ हजार ६ सय १४ मतले तेस्रो स्थानमा रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लवशेर विष्ट १० हजार २ सय ६० मतले चौंथो स्थानमा रहेका छन् । उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङ्तान भने ४ हजार ३ सय २६ मत ल्याउँदै पाँचौं स्थानमा रहेका छन् । मकवानपुरका दुई क्षेत्रमा कूल ५९ प्रतिशत मत खसेको छ । मत गणनाको क्रम भने जारी नै रहेको छ ।




















प्रतिक्रिया दिनुहोस्