हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार प्रकाश गौतम विजयी भएका छन् । हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा आज आइतबार दिउँसो सम्पन्न भएको मत गणनाको मत परिणम अनुसार झण्डै ४० हजार मत हासिल गर्दै विजयी भएका हुन् । रास्वपाका उम्मेद्वार प्रकाश गौतमले ४० हजार हुन ४ हजार मत कमले अर्थात ३६ हजार ३३ मतसहित मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकट्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसबाट पाँचौं पटक चुनावी मैदानमा उत्रिएकी महालक्ष्मी उपाध्याय डीनाले १४ हजार ३८ मत ल्याउँदै दोस्रो भएकी छिन् ।

गत २०७९ सालको चुनावमा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेद्वार दीपक बहादुर सिंहसँग चौंथो पटक पराजित भएकी थिइन् । यस अघि ३ पटक जीतको लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी डीना त्यस बेलाका समयमा नेकपा एमालेबाट उम्मेद्वार बनेका विरोध खतिवडासँग ३ पटकै हार व्यर्होनुपरेको थियो । नेकपा एमालेबाट उम्मेद्वार बनेका रामेश्वर राना १२ हजार ७ सय ८३ मत ल्याउँदै तेस्रो स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेद्वार बनेका विजय गौतम १० हजार ७ सय ८८ मतले चौंथो स्थानमा रहँदा र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा १० हजार २ सय ५ मतले पाँचौं स्थानमा रहेका छन् । निर्वतमान सांसद समेत रहेका दीपकबहादुर सिंहल भने अन्य नयाँ दल भन्दा एकदमै न्यून मत ल्याएका छन् ।

मकवानपुर १ मा ९५ हजार ३ सय १० मत खसेको थियो । अन्य विभिन्न जिल्लासँगै मकवानपुरमा पनि सुरुवाती चरदेखि नै रास्वपाले भारी मतले अग्रता बढाउँदै गएका थिए । जस अन्तर्गत आधा मत गणना सम्पन्न हुँदा रास्वपाले जित निकालेको पक्का भएको थियो । यद्यपि आज सबै मत गणना सम्पन्न गरेपछि निर्वाचन आयोकबाट आधिकारिक सूचना निकालिएको थियो ।

मकवानपुरका दुबै क्षेत्रमा अब रास्वपाले नेतृत्व सम्हाल्ने भएका छन् । अन्य विभिन्न दलहरुबाट जनताहरु रुष्ट भएको कारणले मतको कटौती भएर सबै मत रास्वपालाई गएको भन्दा फरक पर्दैन् । मकवानपुरका दुबै क्षेत्रमा करिब ५९ प्रतिशत मत खसेको थियो । दुबै विजयी उम्मेद्वारहरुले निर्वाचन अयोगबाट प्रमाणपत्र समेत प्राप्त गरिसेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी