मकवानपुरगढी गाउँपालिकालाई गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको छ ।

जिल्ला समन्वय समिति जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा मंगलबार अनुगमन गरेको छ ।

गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरेका काम कार्यको अनुगमनका साथै अन्तरकृया गरेको हो ।

गाउँपालिमा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका कर्मचारी एवम् बालमैत्री सहजकर्तासंग छलफल तथा अन्तरकृया गरिएको अध्यक्ष विदुर हुमागाँईले बताए ।
उनले गएको फागुन २७ गते पालिकाका सबै वडाहरु बालमैत्री घोषणा भएर आउदो १२ गते गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुसार भएको बताएका हुन् ।

सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ वटा सुचकहरु पुरा गरेर घोषणाको लागि तयार भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले राम प्रसाद बताए ।

उनले बताए अनुसार अनुगमनबाट आएका कुराहरुलाई सुधार गरेर अगाडी बढ्न सुझाव आएको र जिससको अन्तिम अनुगमन पश्चातको सिफारिसमा प्रदेश सरकारले घोषणाको अनुमति दिने प्रावधान रहेको छ ।