सहयोगमा सागाग्री हस्तान्तरण गरिँदै ।

हेटौंडा । मकवानपुरको २ वटा विद्यालयलाई लायन्स क्लब अफ काठमाडौंले सहयोग गरेको छ । आइतबार मकवानपुरको भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र इन्द्रसरोवरको विद्यालयमा लायन्स क्लब अफ काठमाडौंले विद्यार्थीका लागि आवश्यक सामाग्री सहयोग गरेको हो । भीमफेदी वडा नम्बर–६,स्थित महेन्द्र माध्यमिक विद्यालयका र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–६,स्थित देउरालीको बटुवा भैरव प्राथमिक विद्यालयका व्याग झोला वितरण गरिएको बताइएको छ । महेन्द्र माविको कक्षा–१ देखि कक्षा–४ सम्म नेपाली र अंग्रेजी माध्यममा अध्ययनरत १ सय ३१ जना विद्यार्थीका लागि झोला वितरण गरेको थियो भने बटुवा भैरव प्राथमिक विद्यालयका ३५ जना बालबालिका लागि पनि सामाग्री वितरण गरिएको थियो ।

झोला सहयोग प्राप्त भएपछि उत्साहित हुँदै झोला प्रदर्शनी गर्दै बालबालिकाहरु ।

पत्रकार सुरेन्द्र थीकेको समन्वयमा लायन्स क्लब काठमाडांैका “वन चाइल्ड वन ब्याग “कार्यक्रम का डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा सहयोग स्वरुप महेन्द्र माध्यमिक विद्यालयलाई व्याग हस्तान्तरण गरेको जनाइएको छ ।
यस्तै, समाजसेवी गिन्दिरा श्रेष्ठको सहयोगमा अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षाका लागि पांच थान सिलिङ्ग फ्यान सहयोग गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इश्वरमान श्रेष्ठको सभाध्यक्षमा तथा लाइनमा क्लब काठमाडौंका “वन चाइल्ड वन ब्याग“ डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समिति पदाधिकारी, लायन्स क्लब काठमाडौं विभिन्न पदाधिकारीको आतिथ्य रहेको थियो ।

झोला सहयोग प्राप्त भएपछि उत्साहित हुँदै झोला प्रदर्शनी गर्दै बालबालिकाहरु ।

रातो समाचार संवाददाता
थप जानकारी