मकवानपुरको बागमती गाँउपालिका – ८ मा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ ।
सोमबार बस्तीमा  किङकोब्रा सर्पसर्प देखियो भन्द खबर पाएपछि डिभिजन बन हेटौंडाको टोली सहित उद्धारकर्ता रोशन दिप र राजेश गरिब पुगेर सर्पको उद्धार गरिएको हो ।

स्थानीहरुले दिएको जानकारी दिए अनुसार सो स्थानमा पुगेपर्छि पानी भर्ने कुवा तर्फ पुगेको थियो भने सोही स्थानबाट उद्धार गरेका हुन।

विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने किङ कोब्रा सर्प देखिएको खबर पाएर पत्रकारीतामा सक्रिय रातो समाचार डटकममा आवद्ध रोशन दिप र राजेश गरिब सर्प उद्धारका लागि सोमबार दिउँसो २  बजे पुगेका थिए ।

सर्प देखिदा त्रसित भएको अवस्थामा  सर्प समातेर मानव बस्ती भन्दा पर निःशुल्क सेवा दिएर  वन्यक्षेत्रमा छाड्ने गरेको भन्दै स्थानीयहरु निकै खुसी भएका थिए ।

उद्धार गरिएको  करिब ९ फिट लम्बाइ रहेको किङ्ग कोब्रा डिभिजन वन कार्यालय हेटौंडा संगको समन्वयमा निकुञज परिसरको बन्य क्षेत्रमा मानव वस्ती भन्दा निकै पर छाडिएको छ ।

सर्प विशेषज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको२ हजार २ सय  मिटर उचाइ सम्म पाइन्छ भने नेपालका बिभिन्न सथानमा पनि देखिन थालेको छ ।

विज्ञहरुको भनाई अनुसार नै किङकोब्रा अतिनै बिषलु भएसंगै बुद्धिमान मानिने सर्प हो ।
कसैलाई खोजी गरेर नै नटोक्ने र दखल परेको अवस्थामा टोकेमा एकपटकको टोकाइमा एउटा हात्ती र २० जना मानिसलाई मार्ने विष हुन्छ ।

किङकोब्रा सर्प  पालुङ, भिमफेदी, हेटौंडा उपमहानगर वडा नम्बर ९, १०, १४ भित्रै पनि यसअघि फेला परिसकेको छ ।

त्यस्तै गरि अन्य विषालु सपहरु बेन्डेड करेट, गोवन, ग्रिन पिट भाइपर भेटिने गरेको छ ।

त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, चेर्कड किलव्याक, वफस्ट्रीप्ड किलव्याक, अर्नेनेट फ्लाइङ्ग स्नेक र धामन सर्प भने प्रसस्त भेटिने गरेको छ ।