शम्भु अधिकारी थाहा/ मकवानपुरको थाहा नगरका स्थानीय युवाहरुले थाहा नगरपालिकाका मेयर तथा उपमेयर समक्ष ध्यानाकर्षण पत्र सहित बिकासको साचो बुझाएका छन्।नगरको समग्र बिकासको लागि ध्यानाकर्षण गराउँदै युवाहरूले साचो बुझाएका हुन् ।
मेयर बिष्णु बिष्ट आदर्शको कार्यकक्षमा दियको ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र बिकासको निम्ति स्थानीय जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराउन जनाईएको हो ।
बिकासको सांचो हस्तान्तरण कार्यक्रममा स्थानिय बिकासप्रेमी,युवाहरु,बिक्रम केसी,उद्द्व बिडारी,अनिल लामा,युगल ढकाल लगायतका युवाहरुको सहभागीता रहेको थियो।
उक्त कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली लगायत पालिकाका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो।
युवाहरुको मागमा पालिका प्रतिबद्ध रहने र युवाहरुको खवरदारिले काम गर्न थपउर्जा मिल्ने भएकाले अझै युवाहरुको साथ र सहयोग आवश्यकता रहेको मेयर बिष्टले बताए ।
























प्रतिक्रिया दिनुहोस्