मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा,चरेश र बन्दुक सहित ५ जना पक्राउ परेका छन्।

शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा,चरेस र दुईवटा बन्दुकसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।

प्रहरीले स्थानीय जितबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने २८ बर्षका बिजय गोले, बर्ष ४० का रत्न घले, बर्ष २२ को अशोक घले र बर्ष २२ कै शिखर घलेलाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर,वडा प्रहरी र इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले स्थानीय जितबहादुर मोक्तानको घरबाट आगूऔषध सहित बन्दुक फेला पारेको जनाएको हो ।

प्रहरीले जानकारी दिए अनुसार मोक्तानको घर खान्तलासी गर्दा भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल एक थान, बन्दुकमा लाग्ने गोली छ राउण्ड र उनको घर नजिक रहेको गोठबाट लागूऔषध १हजार ५सय किलो गाँजा फेला पारेको हो ।

चरेस जस्तो देखिने धुलो वस्तु १२ किलो पनि फेला पारीएको छ भने पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।