सञ्चारकर्मी जमुना थिङलाई समान गरिँदै

हेटौंडा–मकवानपुरकी सञ्चारकर्मी जमुना थिङ नगद सहित सम्मानित भएकी छिन् । आइतबार भुटनदेवी माध्यमिक विद्यालयमा भएको ५६ औँ अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा सञ्चारकर्मी थिङलाई नगर सहित सम्मानित गरिएको हो । शिक्षा क्षेत्रको गतिविधिलाई समाचारको माध्यमबाट प्रसारण गरेको कामको कदर गर्दै थिङलाई नगद र मायोको चिनो प्रदान गरिएको विद्यालयको सहायक प्रधानाध्यापक वेद राज कोरालाले बताएका छन् ।

बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षतामा थिङलाई सम्मान गरिएको थियो ।