नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् । तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा खुसी व्यक्त गरे । तरुण दलका अभिभावक गुरुङले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने उनले बताए ।

सोही अनुसार अध्यक्ष गुरुङले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए । आवश्यक परे वा दलले जिम्मेवारी दिएको खण्डमा आफ्नो भुमिकालाई सशक्त बनाउने तयार रहेको बताए । भवन निर्माणमा दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेको उनको भनाई छ । मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका भेटवाल युवाहरु माझ लोकप्रिय नेताका रुपमा रहेका छन् । सामाजिक उत्तरदायित्व ग्रहणमा अग्रणि भुमिका निर्वाह गर्दै आएका भेटवालले मकवानपुरको समग्र विकास निर्माण तथा उद्यमशिलता समेत भुमिका खेल्दै आएका छन् ।

विपद्का समयमा अग्र भागमा रहेर काम गर्ने भेटवाल कोभिड–१९ को महामारीमा समेत मकवानपुरका नागरिकहरुको सहयात्री बनेका थिए । कोभिड–१९ महामारीका कारण निम्तिएको विषम् परिस्थितीका वाबजुद पनि भेटवालले समस्यामा परेका नागरिकहरुको सेवामा कुनै कसर बाँकी राखेन्न् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग लिएर पुगेका भेटवालले सो समयमा समस्यामा परेका नागरिकलाई लक्षित गरी मकवानपुरगढी गाउँपालिकामा पनि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कोभिड–१९ को असरमा परेका बटुवालाई समेत नीजि गाडीमा गन्तव्य सम्मको यात्रा गराउन उनको भुमिका रहेको थियो । कोभिड–१९ माहामारीको समयमा देश लकडाउनमा रहदाँ भेटवाल आफ्नै गाडीमा हेटौंडाको राप्ती पुलबाट लोथरसम्म समस्यामा परेका बटुवालाई ओसारपसार गरेका थिए । करिव २ दशक देखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशिल रहेका भेटवाल विपद्मा मात्र नभइ असाहय र गरिव जेहेन्दार विद्यार्थिको अभिभावकत्व ग्रहणमा पनि अग्रसर छन् । उनको नेतृत्व र लगानीमा विद्यार्थिहरुले शिक्षा लिने अवसर पाएका छन् ।

तरुण दलको गत चैत १५ र १६ गते केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ । आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चलिरहेको छन् ।

करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।