रोशन दिप – जिल्लास्तरीय राष्ट्रपति रनिङ प्रतियोगिताबाट बागमती प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुलाई विदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आइतबार एक कार्यक्रम गरि खेलाडीहरुलाई विदाई गरेको हो ।
बागमती प्रदेशको राजधानी हेटौडाबाट प्रकाशन हुँदै आइरहेको समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रोहित थापा पनि बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समाचार संकलन गर्ने हेतुले चितवन प्रस्थान भएका छन् । थापाले खेलकुद क्षेत्रको समाचार लेख्ने गरेका छन् ।
तेक्वान्दो कराँते, उसु, एथ्लेटिक्स,भलिबल र कब्डडी खेलहरुबाट करिब ९८ जना खेलाडीहरु मकवानपुर जिल्लाको प्रतिनिधि भएर सहभागी हुुँने भनिएको छ । प्रदेशस्तरीय प्रतियोगिता अन्तर्गत उसु खेल भने काठमाडौँमा हुनेछ ।
सोमबार र मंगलबार हुुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा विहान २ घण्टा र बेलुका २ घण्टा प्रशिक्षण दिने गरिएको थियो भने खानपानमा पनि विशेष ध्यान दिएको थियो । यस वर्ष पहिलाको भन्दा राम्रो नतिजा आउने कुरामा आफु विश्वस्त रहेको बताए ।
एथ्लेटिक्स तर्फ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता राम्रो नतिजा ल्याउन सफल खेलाडी दीना गोपालीलाई ट्रयाक सुट दिइयो ।
२ जना प्रशिक्षकको नेतृत्वमा ९८ खेलाडी, १५ अफिसियल गरी ११५ जनाको टोली चितवन प्रस्थान भएका हुन् ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले संचालन गरेको कार्यक्रम आलोक स्याङतानको सभाध्यक्षतामा भएको हो ।मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौडा उपमहानगरपालिकाले नगद ६ लाख रुपैयाँ विनियोजन गरेको छ । पदक पाउने खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाले सम्मान पनि गर्ने छ । उनले मन्तव्य मार्फत हौसला प्रदान गर्दै खेलाडीहरुलाई मकवानपुरको नाम उच्च राख्न शुभकामना दिए ।
मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले मन्तव्य मार्फत शुभकामना व्यक्त गरे ।
खेललाई महत्व प्राथमिकता दिने खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउन पाउने सभाध्यक्ष आलोक स्याङतानले बताए ।

























प्रतिक्रिया दिनुहोस्