बागमती प्रदेशका सांसद सरल सहयात्री पौडेलले बजेट भनेको सत्ता पक्ष र बिपक्षमा भन्ने नहुने बताउनुभएको छ ।
आज प्रदेशसभामा बोल्दै उहाँले बजेट जनताको पक्षमा हुनुपर्ने बताउनुभएको हो । “कहाँ थियौ तिमि रङ मंच उठे पछी आएउ समयले जवानी लुटे पछी आयौ” भन्ने गीत बाट उहाँले कुन पक्षलाई कति बजेट भन्ने बहसमा ब्यङ्ग्य गर्नुभयो ।
यो बहस बजेट प्रस्तुत भएपछी जनताको पक्षमा छ छैन भन्दापनि आफ्नो पक्षमा छ छैन भन्नेमा भएको बहस गर्नु राम्रो नभएको उहाँले बताउनुभयो । प्रतिपक्षहरुको भुमिका सकारात्मक आलोचना र रचना सहितको खबरदारी हुनुपर्ने उहाँको तर्क रहेको छ ।
उहाँले भन्नुभयो “ यो सरकार पक्ष त्यो प्रतिपक्षमा जान्छ , त्यप्रादेशिक सडकहरुको निर्धारण गर्न खोज्दै छ ,हाम्रो कृषिको क्षेत्र के हो ?
हाम्रो शिक्षा क्षेत्र के हो ? यी क्षेत्रहरुमा हामी कम्तिमा हरेक मन्त्रालय सङ समन्धित रहेर जनतालाई टिच गरौ , तल गाउपालिकाहरुलाई टिच गरौ र हामी भनौ यो क्षेत्र भन्दा बाहेक हामी बजेट हाल्दैनौ भन्ने कुरा यसको साझा प्रतिबद्धता गरौ र त्यसलाई एउटा कानुनि मान्यता दिने उपायको निमित्त पनि हामीले एउटा साझा ढङ्ले छलफल गर्ने एउटा फोरम खोजौ भन्ने कुरा म यो हाम्रो सभालाई अनुरोध गर्न चाहन्छु ।” उहाँले थप्नुभयो“ हाम्रो बजेटको निरन्तर क्यारेकटर हेर्दा खेरि हामिले धेरै चिज बनाएका रैछौ , बनाउदो रैछौ , दिगो विकासका लक्ष्यहरु पनि एकदम सु–ब्यवस्थित बनेको छ ।
तर ,दिगो विकासको लक्ष अन्तरगत हाम्रो एउटा सबै भन्दा ब्याकबोन शिक्षामा चाहिँ १.३% , १.५% , १.६% यस्तो जादो रैछ , अनि जुन सङ्केत नै नभएको बजेट भित्र चाहिँ ६९% , ७०% यस्तो जादो रैछ । ” सांसद सरलसहयात्रीले रणनीतिक उदेश्यहरु प्रति साझा प्रतिबद्धता बनाउन सरकार र प्रतिपक्षहरु दुबै तयार रहनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले सांसद भएर संसदमा बोल्दा जनताको भावनामा ठेस पुग्ने शब्दहरु प्रयोग नगर्नसमेत सुझाउनुभयो । शारिरिक बनेट, जात, धर्म, लिङगको आधारमा हेपेर जनमतको अबमुल्यन नगर्न उहाँले आग्रह गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्