गौरिटार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का वडाध्यक्ष सुनिल मोक्तानले फुटबल खेलमार्फत हेटौंडा–१५ उत्कृष्ट प्रदर्शनी गर्ने वडाको रुपमा बताएका छन् । शुक्रबारबाट हेटौंडा–६,स्थित गौरिटार रंगशालामा सुरु भएको तेस्रो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै आफ्नो वडाबाट फुटबल खेलमा लागेका खेलाडी राष्ट्रिय रुपमा पाएको बताए ।
हेटौंडा–१५ बाट बेन्टेन घलान, निशान्त मोक्तान र सोहिल वाइबा लगायतका खेलाडीहरु राष्ट्रिय टिममा पर्न सफल भएको उनले बताए । उनीहरुले फुटबल खेलमार्फतनै आफूलाई राष्ट्रिय रुपमा स्थापित गर्न सफल भएको बताए । वडाले हरेक क्रियाकलापमा तथा नगरस्तरीय प्रतियोगिताहरुमा राम्रो प्रदर्शनी गरेर उत्कृष्ट वडाको रुपमा स्थापित भएको उनले बताए ।
२०५६ सालदेखिनै गौरिटार रंगशालाको भूमिका प्रतियोगिताको आयोजना गर्दै आएको उनले बताए । जनयुद्धको समयमा पनि विवादरहित ढंगबाट प्रतियोगिता आयोजना गर्दै आएको बताए । विगदको समयमा चौरको संरचना अहिलो जस्तो नभएको, संरचना निर्माणाधीन अवस्थामा रहेको बताउँदै मैदानलाई संरक्षण गर्ने कार्यमा राम्रो भूमिका निर्वाह गरेको उनले बताए ।
उनका अनुसार गणतन्त्रपछिको उपल्बधीको कारणले पनि चौर निर्माणका लागि सहयोग गरेको छ । जस कारणको हेटौंडाको गौरिटार रंगशाला बागमती प्रदेशको रंगशालाको रुपमा स्थापित भएको बताए । प्रदेशको रंगशालाको रुपमा स्थापित रंगशालामा प्रतियोगिता सञ्चालन हुनु गौरवको कुरा रहेको उनको भनाई छ । प्रतियोगितामा सबै टिमका खेलाडीहरुले मैत्रीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । मकवानपुर जिल्लाको खेलको सन्र्दभमा वडा फुटबल खेलको उर्वरा भूमिको रुपमा स्थापित भएको उनले धारणा राखे । आफ्नो वडाभित्र खेलाडी उत्पादन गर्न र १५ नम्बर वडाको टिम तयार पार्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले बताए ।
प्रतियोगितमा ७ वटा टिमहरुको सहभागिता रहेको अध्यक्ष नेगीले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ । १५ नम्बर वडा कार्यालयको प्रयोजनमा सुरु भएको प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाहरुको सहभागिता रहेको थियो भने १२ नम्बर वडा उपाधि विजेता बनेको थियो ।













प्रतिक्रिया दिनुहोस्