हेटौंडा । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका सचिव एसबी नेपालीमाथि समाचार संकलनको क्रममा दुव्र्यवहार भएको भन्दै प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आपत्ती जनाएको छ । जनचाहना न्यूज डटकमका कार्यकारी सम्पादक एसबी नेपालीलाई प्रादेशिक अस्पताल दमौलीमा समाचार संकलनमा अवरोध पु¥याएको र पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पे्रस सेन्टर नेपालका महासचिव मनोज घर्ती मगरले एक विज्ञप्ती जारी गर्दै प्रदेशिक अस्पताल दमौलीमा बिरामीको चाप बढेको बारेमा रिपोर्टिङका लागि मंगलबार प्रादेशिक अस्पताल, दमौली पुगेका पत्रकार एसबी नेपालीमाथि डा. निराजन पन्थले धाकधम्कीसहित दुव्र्यवहार गरेको भन्दै आपत्ती जनाएको छ । पत्रकार नेपालमाथि दुव्र्यवहार गर्ने डा. निराजन पन्थलाई कारबाही गर्न र पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरेर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्न माग गर्दै प्रेस सेन्टर नेपालले ध्यानाकर्षण गराएको छ ।

रिर्पोटिङ गरेर नेपालीले रेकर्ड गरेका विरामीका आवाजका भिडियो जबरजस्ती मोबाइलबाट हटाउन लगाएर प्रेस स्वतन्त्रताको हन्न हुन काम गरेको बताइएको छ । यस्ता प्रकारका कार्यको निन्दा गर्नबाट पछि नपर्ने प्रेस सेन्टरले जनाएको छ । रिपोर्टिङमा गरिएको अवरोधबाट प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकार हनन् भएको महासचिव मनोज घर्ती मगरले बताए । पत्रकारलाई निर्वाधरूपमा समाचार संकलन गर्न दिन, प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न र संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न प्रेस सेन्टर नेपालले विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

प्रेस सेन्टर केन्द्रीय समितिले निकालेको विज्ञप्ती ।