प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका लामिछानेले भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेकोमा प्रधानमन्त्रीलाइ धन्यवाद पनि दिएका छन्।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक  प्रधानमन्त्री दाहाल र लामिछानेबीच भेट भएको हो। सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा भन्दै पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो।

नागरिक न्युजबाट साभार गरिएको छ ।