राष्ट्रपति रनिङ्ग शिल्डमा दौडमा सहभागी खेलाडीहरु ।

हेटौंडा /  १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मिति सरेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा यही बैशाख २७ गतेदेखि २९ गते सम्म दोलखा जिल्लामा हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मिति सरेको हो ।

प्रदेश खेलकुद विकास परिषद्  शाखा दुर्गा प्रसाद दुलालले हस्ताक्षर सहितको सूचना जारी गर्दै कक्षा–११ र कक्षा–१२ वार्षिक परीक्षाको कारणले प्रतियोगिता दोलखा जिल्लाको चरिकोटमा आगामी जेठ ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने जानकारी गराएका छन् ।

विभिन्न जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । १४ औं संस्करणको प्रदेशस्तरीय प्रतियोगिता चितवन जिल्लाको भरतपूर महानगरपालिकामा सम्पन्न भएको थियो ।

प्रदेश खेलकुद विकास परिष्दले जारी गरेको सूचना ।