Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘प्रदेशले युवालाई खेलकूद र श्रममा जोडेको छ’

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश सरकारले युवाका लागि सीप, क्षमता विकासका विभिन्न कार्यक्रम समावेश गरेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् नेपालद्वारा आज सुर्खेतमा आयोजित ‘कर्णाली युवा संवाद कार्यक्रम’ को उद्घाटन गर्दै उहाँले मन्त्रालयले खेलकुद, श्रम तथा रोजगारीमा जोड्नुका साथै युवा सशक्तीकरणका क्रियाकलाप सञ्चालन गरिरहेको बताउनुभयो । मन्त्री बुढाक्षेत्रीले राजनीतिक क्षेत्रमा युवाको उपस्थिति बढ्न थालेको भन्दै स्थानीय सरकारमा युवा निर्वाचित हुनुलाई युवा सशक्तीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि मान्न सकिने बताउनुभयो । प्रदेशसभा सदस्य विमला केसीले युवा मूल उद्देश्यबाट बरालिन नहुने विचार व्यक्त गर्नुभयो । “कर्णालीको अशिक्षा र गरिबीविरुद्ध युवापङ्क्ति जाग्नुपर्छ”, उहाँले भन्नुभयो, “युवा श्रममा नजोडिएसम्म प्रदेशको विकास हुँदैन, प्रदेश सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएको छ, सबैले श्रमको सम्मान गर्नसके प्रदेशको विकासमा मद्दत पुग्दछ ।” कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य एवं युथ भिजन २०१५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले युवा नीति तथा कार्यक्रम कार्यान्वयन सवालसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कर्णाली युवा संवादमा कर्णाली प्रदेशसभा सामाजिक विकास समिति अध्यक्ष देवी ओली, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाही र परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत प्यानल वक्ता हुनुहुन्थ्यो । समिति अध्यक्ष ओलीले सङ्घीयतालाई सफल बनाउने आधार प्रदेश संरचना भएकाले युवाको भविष्य पनि प्रदेशकै काँधमा रहेको बताउनुभयो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवा भविष्यको कर्णाधारमात्र नभई वर्तमानको साझेदार एवं अंशियार भएको बताउनुभयो । त्यस्तै गाउँपालिका अध्यक्ष शाहीले पालिकाले बनाएका ७३ नीतिमध्ये ११ वटा युवासँग सम्बन्धित नीति भएको जानकारी दिनुभयो । प्रतिनिधित्व सुनिश्चितताको माग कर्णाली युवा संवादमा राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । दैलेखकी कल्पना शाहीले प्रदेशस्तरमा युवा सीप विकास तालिम केन्द्र स्थापना गर्न ढिलाइ गरिएको बताउनुभयो । कालीकोटकी रक्षा लुहारले महिला तथा किशोरीलाई रोजगारीमा जोड्न स्थानीय तह र पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाउन नसकेको गुनासो गर्नुभयो । प्रदेश युवा क्लब सञ्जालका प्रदेश संयोजक राजेन्द्र अधिकारीले ३० वर्ष मुनिका युवालाई राजनीतिक दलका स्थानीय, जिल्ला र प्रदेश कमिटीमा कम्तीमा ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनेगरी नीति बनाउनुपर्ने सुझाव दिनुभयो । वाइसिएलका कर्णाली प्रदेश संयोजक गणेश शाहीले स्थानीय तह निर्वाचनमा युवाको प्रतिनिधित्व सन्तोषजनक भए पनि आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा युवा उम्मेदवारीको सुनिश्चिताका साथै समयमै दबाब सिर्जना गर्नुपर्ने खाँचो औँल्याउनुभयो । संवादमा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुर्खेत जिल्लाका युवाको सहभागिता थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology