हेटौंडा–२,स्थित सिद्धार्थ माविको मतदान स्थल ।

हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान कार्यक्रम सम्पन्न भएको छ । आज बिहीबार बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम अन्तर्गतको मकवानपुरमा मतदान कार्यक्रम सम्पन्न भएको हो छ । मतदान सकिएपनि मकवानपुर जिल्लाको सन्दर्भमा कति प्रतिशत मत खसेको छ भन्ने तथ्याङ्क अहिले नआएको निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।

मकवानपुर क्षेत्र नम्बर–१ र मकवानपुर क्षेत्र नम्बर–२ को मत प्रतिशतको परिणाम केही बेरमा आउने उनले बताए । ३ बजेसम्मको नतीजा अनुसार जिल्लामा ५३ प्रतिशत मत खसेको छ । जस अन्तर्गत मकवानपुरको दुई क्षेत्रबाट १ लाख ६७ हजार १ सय २७ जनाले मतदान गरिसकेका छन् । बाँकी कति प्रतिशत मत खस्यो भन्ने तथ्यांकन आउने बाँकी रहेको छ ।

निर्वाचन अधिकृत ढकालका अनुसार मकवानपुर जिल्लाभरी १ सय ६७ वटा स्थायी र २ वटा अस्थायी मतदान स्थल रहेको छ भने ३ सय ७४ वटा स्थायी ७४ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र रहेको छ । उनले मकवानपुरको १० वटा पालिकाबाट मतपेटिका संकलन गरेर हेटौंडा ल्याएर सम्पूर्ण व्यवस्थानको कार्यपछि मत गणना गरिने बताए ।

मतपेटका संकलन गरेपछि सर्वदलीय बैठक बसेर मत गणनका कार्यलाई अगाडि बढाउने उनले बताए । आजै मतदान सम्पन्न भएपनि मतगणना आजै हुन सम्भव नभएको उनले बताए । मकवानपुरका सबै क्षेत्रका मतणनका कार्य भने हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयमा हुनेछ ।

मकवानपुरको सबै भन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा भने ६० प्रतिशत मत खसेको छ । कूल महिला पूरुषगरी ९ हजार २ सय ९२ मतदाता रहेको भुटनदेवी माविमा भने ५ हजार ६ सय ४९ मत खसेको बताइएको छ ।
हेटौंडा–४,स्थित भुटनदेवी माविको ‘ए’ ब्लक भवनमा मकवानपुर–१ को मतगणना हुनेछ । यस्तै, मकवानपुर–२ को मतगणना भुटनदेवी माविको ‘बी’ ब्लक भवनमा गरिने छ ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट २३ जना र मकवानपुर क्षेत्र नम्बर–२ बाट २१ जना गरि कूल ४४ जनाको उम्मेद्वारी परेको छ । जसमा मकवानपुर–१ बाट नेपाली काङ्ग्रेसकि महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिष्ट पार्टी नेकपाका विजय, गौतम र नेकपा एमालेबाट रामेश्वर राना लगायतको उम्मेद्वारी परेको छ ।