प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको भ्रष्ट्राचार विरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडाएको बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार आयोजना गरिएको समाजवादी मोर्चा नेपाल सन्देश सभालाई सम्बोधन गर्दै जनताको पक्षमा काम गर्न हरेक बाधालाई परास्त गर्दै भ्रष्ट्राचारको विरुद्ध, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताए ।

समाजवादी मोर्चा निर्वाचनका लागि मात्र नभएर जनताले पाएको उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका ल्याइएको बताए।
मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको हुँदा समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका हुन् ।
कम्युुनिष्टहरु फुट्छन् मात्र भन्नेहरुकालागी मोर्चामार्फत् देशलाई आवश्यक परेको अवस्थामा कम्युुनिष्टहरु जुट्छन् भन्ने सन्देश दिने र सबै भ्रम तोडिने बताए।
उनले यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा काम गरिरहेको उल्लेख गर्दै हिजो कुशासन चलाउनेहरु अहिले आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।
उनले भने “सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै षड्यन्त्र बुुन्न तल्लिन छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले अभियानबाट सरकार पछि हट्दैन। अझै सशक्त ढंगबाट यो मोर्चा अघि बढ्छ।”
विभिन्न अवस्थामा रहेका कम्युनिष्टहरु एउटै केन्द्रमा सामेल हुने परिस्थिति बनेको र प्रतिक्रियावादीहरुलाई परास्त गरेर उपलब्धिहरुको रक्षा गर्न एकजुट हुुन उहाँले आग्रह गरेका छन् ।
परिवर्तनको रक्षा, सुशासन, सम्बृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादी सहितका दलको गठबन्धन बनेको अवस्थामा गठबन्धनका नेताहरु विरुद्ध प्रतिगामीहरुले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाउनेलाइ कुनै हालतमा छुट नदिइने प्रष्ट पारे।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका , नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतले सम्बोधन गरेका हुन् ।














प्रतिक्रिया दिनुहोस्