यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुरका निजी विद्यालयका ६४ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरद्धारा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
शनिबार उक कायृक्रमको आयोजना गर्दै २०७८ सालको एसईईमा ३.६ जीपीए भन्दा बढी अंक प्राप्तगरेका ६४ जना विद्यार्थीलाई
सम्ममन गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले बताए ।
मकवानपुर जिल्लाकै सर्वोत्कृष्ट ३.९५ जीपीए ल्याउने नवोदय शिशु सदनका प्रिन्स बर्तौला र ३.९० जीपीए ल्याउने रेविका पाख्रिनलाई नगद रकम सहित उत्कृष्ट ६४ जनालाई सम्मान गरिएको बताएका हुन् ।
सर्वोत्कृष्ट जीपीए ल्याएका २ जनालाई नगद, प्रमाणपत्र, ट्रफी प्रदान गरिएको थियो ।
अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्ता रहेको थियो ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम शिक्षहरु लगायतको आतिथ्य रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्