आजबाट जिल्ला फुटबल संघको आयोजनामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा आयोजकको मकवानपुर ११ विजयी भएको छ ।
२ – ० गोलअन्तरले नवजनजागृति युवा क्लव सिमरालाई पराजित गर्दै मकवानपुर ११ अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
मकवानपुरको जितमा प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए ।
मकवानपुरका विदेशी खेलाडी एल्यु खेलमा म्यान अफ द म्याच घोषित भएर नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको । फागुन १० गते खेलको फाइनल हुनेछ । विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।आइतबार सातादोबाटो र एपीएफ क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
























प्रतिक्रिया दिनुहोस्