रोशन दिप –“पार्कोर” खेलको सरुवात भएको आज लगभग १४ वर्ष जति समय भइसक्दा समेत नेपालमा एस्को त्यति धेरै क्रेज छैन् । तर पनि यो क्षेत्रमा भविष्य खोज्दै हिडिरहेका छन् केहि नेपाली युवाहरु । जो नेपालका कुशल पार्कोरहरु हुन् ।

दाङका २४ वर्षिए युवक “बबी कुमाल” जसले ९ वर्षको सानो उमेरमा पार्कोर सुरु गरेका थिए । उनी समय समयमा विभिन्न पार्कोर प्रतिस्पर्धामा भाग लिरहेका हुन्छन् । उनले थुप्रै नेपाली, भोजपुरी तथा हिन्दी फिल्महरुमा स्टंट म्यानका रुपमा समेत काम गरिसकेका छन्  र चर्चित “हिमालयन रोडिज ” नामक नेपाली कार्यक्रममा प्रतियोगी बनेर भाग लिइसकेका छन् । पार्कोर खेलको माध्यमबाट नै आफ्नो एउटा अलगै पहिचान बनाएर परिवार तथा देशको नाम रोशन गर्ने आफ्नो ठुलो चाहाना रहेको उनि बताउँछन् ।

काठमाण्डौका २६ वर्षिए युवक “दिपेश मोक्तान” जसले ११ वर्षका सानु उमेरमा पार्कोर सुरु गरेका थिए । उनी समय समयमा विभिन्न पार्कोर प्रतिस्पर्धामा भाग लिरहेका हुन्छन् । उनले पनि थुप्रै नेपाली, भोजपुरी तथा हिन्दी फिल्महरुमा स्टंट म्यानका रुपमा समेत काम गरिसकेका छन् ।भारतको भोजपुरी फिल्म इंडस्ट्रीका ठुला सुपरस्टार प्रख्यात नायक “प्रदीप पांडेय चिंटू”को डुप्लिकेट भइ आफुले काम गरेको कुरा बताउँदै । पछि गएर फिल्म इंडस्ट्रीमा एउटा सफल र स्थापित द्वन्द निदेर्शक बन्ने चाहाना भएको उनि बताउँछन् ।

पार्कोरलाई अर्को भाषामा “फ्रि रनिङ” पनि भनिन्छ । पार्कोर एक प्रकारको प्रशिक्षण, शारिरीक कृयाकलाप र खेल हो । जसमा हामिले हाम्रो आसपासको ठाउँहरुमा छिटोछरितो तरिकाले तिव्र गतिमा दौडिनु पर्ने हुन्छ ।

“पार्कोर” सिपाहीहरुद्वारा विकसित गरिएको प्राय जसो “अर्बन” वातावरणमा गरिने शारिरीक कृयाकलाप हो । एस खेलमा खेलाडीहरु कुनै पनि सुरक्षा सामाग्रिहरुको प्रयोग बिनानै एउटा विन्दुबाट अर्को विन्दुमा हामफालेर जानुपर्ने हुन्छ र फ्लिपहरु जोड्दा त झन् यो खेल अझ बढी जोखिमपूण हुन्छ ।

एस खेलमा मूल रूपमा रनिङ्, जम्पिङ, क्लाइम्विङ, रोलिङ, भल्टिङ, ब्यालेन्सिङ जस्तो कृयाकलाप र हावामै उड्दा उड्दै फ्रन्ट, ब्याक, साइड लगाएत अन्य फ्लिपहरु गनुपर्ने हुन्छ ।

पार्कोर खेलको वास्तविक संस्थापक “रेमन्ड बेली” हुन् । तर “रेमन्ड”ले जब पहिलो पटक पार्कोरको खोजि गरेका थिए । त्यति बेला केहि भिन्नपना र “युनिकनेस” नभएको कारण पार्कोर त्यति लोकप्रिय हुन सकेन्। तर पछि गएर “रेमन्ड”का छोरा “डेभिड वेली”ले यो खेललाई परिस्कृत गरेर अलग स्तरमा लिएर गए र आफ्नो नौ जना साथीहरुसँग मिलेर “यामाकासी” नामक अधिकारी समूह बनाए । तर पनि अझै पार्कोरले त्यो उचाई, त्यो मान सम्मान पाइरहेको थिएन् । जबसम्म पार्कोरलाई विश्व चर्चित “रेडबुलले” अपनाएको थिएन ।

सन् २००७ मा “अस्ट्रियामा” आयोजित विश्व चर्चित पार्कोर प्रतिस्पर्धा हो “रेडबुल आर्ट अफ मोसन “। जहाँ जानु हरेक पार्कोर खेलाडीहरुको सपना हुन्छ । जसमा अलग अलग देशबाट पार्कोरको विज्ञ खेलाडीहरुले भाग लिन्छन् । जस कारण पार्कोरको मानिसप्रति उत्साहा अत्याधिक मात्रामा बढ्यो र केटाहरुमा मात्रै सिमित नभएर केटिहरुमा समेत एसको क्रेज बढ्न थाल्यो । पछि गएर यो प्रतिस्पर्धा हरेक वर्ष बेलाएत, वाटी, अमेरिका, स्विडेन, ग्रिस जस्ता अलग अलग देशहरुमा गर्न थालियो ।

खेलाडीहरुको सृजनात्मक्ता, बहाब र कठिनाईलाई मध्येनजर गर्दै उक्त प्रतिस्पर्धाको जजिङ गरिन्छ । यो प्रतिस्पर्धा वर्षको अन्तिम महिनामा हुन्छ र विजयतालाई त्यस वर्षको नम्बर वान “पार्कोर” घोषित गरिन्छ ।

(यहाँ तलको भिडियोमा तपाईँहरुले चर्चित नेपाली पार्कोर तथा स्टंट म्यान बबी कुमाल र दिपेश मोक्तानको पार्कोर, फ्लिप तथा स्टंटको भिडीयो क्लिपस्हरु हेर्न सक्नुहुनेछ)