नेपाल भारतका मैथिली साहित्यकारहरुको भेला भारतको दरभंगामा सम्पन्न भएको छ । सो भेलामा साहित्यकारहरुले दुबै देशको सीमामा कडाई गरेकाले वैवाहिक कार्यक्रम प्रभावित भएको बताए । उनीहरुले सीमा पहिला जस्तै खुलाहुनु पर्ने माग गरेका छन् ।
नेपाल भारत खुल्ला सीमा सम्बाद समूहको आयोजनामा भएको एक दिवसीय खुला सीमा र साहित्य विषयको सो कार्यक्रममा चेकजाँचको नाउँमा सुरक्षाकर्मीद्वारा दुवै देशका जनतालाई प्रताडित हुने कार्य भइरेहको बताए ।
विद्यापति संस्थान दरभंगाका महासचिव डा. वैद्यनाथ चौधरी ‘बैजुबाबू’ले सरकारले चाहेर सीमा बन्द गर्न नसक्ने बताउँदै जनदबाबका लागि साहित्य रचना गर्न दूबै देशका साहित्यकारहरुलाई आग्रह गरेका छन ।
सीमाको आफनो संस्कृति छन् जो दिल्ली र काठमाडौले बुझन नसक्ने उहाँको कथन रहेको थियो । नेपाल भारत खुल्ला सीमा सम्बाद समूहका अध्यक्ष राजीव झाले भने ‘सीमामा देखिएको रोकावट विरुद्ध सानो सानो समूहमा विरोध हुनुपर्छ ।’ दुवै देशका साहित्यकार, पत्रकार, कानून व्यवसायी, प्राध्यापक, राजनीतिकर्मी बीच छलफल गरेर कार्यक्रम अगाडी बढाउनुपर्ने उनले बताए ।
वैवाहिक कार्यक्रम निकै प्रभावित भइरहेकोको उनले स्वीकारे । पहिला हुने विवाहहरुमा ८० प्रतिशत विवाह एकअर्का देशमा हुने गथ्र्यो तर अहिले त्यो विवाह १० प्रतिशतमा झरेको छ । नेपाल प्रहरी मात्रै नभइ भारतीय एसएसवीहरुले पनि आवतजावतमा समस्या गरिरहेको कार्यक्रममा सहभागीको भनाई थियो ।
मैथिली साहित्यकार चन्द्रमोहन झा ‘पड़वा’ ले भने ‘मेरो ससुराली जनकपुरधाम छ, कोहीको भारत छन् राज्यले जति कडाइ गरेपनि यो सम्बन्धलाई विर्गान सक्दैनन् ।’
दूबै देशका साहित्यकारहरुले सीमाको समस्यालाई लिएर साहित्यरचना गर्ने निर्णय गरिएको थियो । कार्यक्रममा डा गोपाल जी बाबू, प्रो चन्देश्वर झा, डा अरुण कुमार सिंह, डा सुनिल कुमार चौधरी, चौधरी हेमन्त राय, गिरिधारी जी, डा दुर्गा नन्द झा, पुजारी बौवाजी लगायतका वक्ताहरुले नेपाल भारत एक अर्काको पुरक रहेको बताए । नेपालबाट लगेको रुद्राक्षको बोट काली मंन्दिरको परिसरमा बैधनाथ झा बैजु र संस्थाको अध्यक्ष राजीव झाले संयुक्त रुपमा रोपेका थिए ।
राजधानी न्युजबासाभारछ ।
























प्रतिक्रिया दिनुहोस्