जिल्ला प्रहरी कार्यालाय मकवानपुरको प्रमुख जिम्मेवारीमा आएका एसपी बामदेव गौतमले अपराधिक घटना न्युनिकरण र शान्ति सुरक्षा कायम गर्न कुनै कम्प्रोमाइज नगररिने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर सरुवा भएर आएका एसपी गौतमले नेपाल प्रहरीको काम कर्तव्यलाई मध्यनजर गर्दै लागू पदार्थ नियन्त्रणदेखि हरेक अपराधिक घटना रोक्ने कार्यमा रहने बताएका हुन् ।

कार्यक्रममा जिप्रका प्रहरी प्रमुख, डिएसपी टेक बहादुर कार्की, प्रहरी निरीक्षक चुडा कुमारी खड्का, बलराम श्रेष्ठ लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Makwanpurप्रहरी प्रमुख बामदेव गौतम।शान्ति सुरक्षामा नो कम्प्रमाइज।SP Bamdev Gautam।प्रमुख भएर आएपछि।

 

 

 

प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएर सरुवा भएपछि मकवानपुरको नेतृत्वमा एसपी गौतम आएका
गौतमले बुधाबार पद भारग्रहण गरेका हुन् ।

यस अघि मकवानपुरमा डिएसपी हुदा नै इमान्दार भई काम गरेर करिब १७ महिना पछि
२०७४ साउन ३२ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको थियो।
मकवानपुर जिल्लाको शान्ति सुरक्षाका लागि पुनः ४ वर्ष पछि प्रमुख नेतृत्व लिएर आएका हुन् ।