आगामी असोज ७ गते सेप्टेम्बर २३ २०२२ बाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ को निकै चर्चा छ ।
उक्त चलचित्र हिन्दी भाषामा समेत डबिङ्ग गरिएको छ भने चलचित्रको पोष्टर होडिङ्ग बोर्डमा भारतको मुम्बई सहरमा छ्यास् छ्यास्ती देखिनु अनिसंसारको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएकाले पनि चर्चा बटुल्ने क्रम बढ्दो छ ।
सोमवार मुम्बईमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, लगायतले चलचित्रको पक्षमा चर्चा गरेका थिए ।
पहिला चलचित्रलाई भारतमा ‘विश्वजीतम्’ नाममा प्रदर्शन गरिने भनिएपनि भारतमा पनि ‘प्रेमगीत ३’ नाममै प्रदर्शन हुने भएपछि त चलचित्र युनिटले खुसी व्यक्त गरेका थिए । चलचिलाई नेपालमा र भारतमा बस्ने नेपालीहरुले मात्र हेरिदिए पनि सुपरहिट हुनमा कुनै दुईमत देखिदैन ।
भारतीय संचारकर्मीहरुसँग कुराकानी गर्दै आफैले अभिनय गरेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा भारतमा प्रदर्शन हुन लाग्दा खुसीको महशुस गरेको अभिनेता प्रदीपले बताए । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतको पनि अभिनय छ ।
चलचित्रमा क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् भने फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् ।
लकडाउनका समयमा हिन्दीमा भाषमा डब गरिएको थियो । हलिउड देखि साउथ मुभिलाई हिन्दीभाषमा स्वर दिएका चर्चित डबिङ्ग आर्टिसहरुले स्वर दिएका हुन् ।
उनिहरुले नेपाली चलचित्र पनि निकै राम्रो बनेको र नेपाली कलाकारीताको प्रसंसा गर्दै शुभकामना दिएका छन् ।














प्रतिक्रिया दिनुहोस्