Rato Samachar
Thu, 4 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार स्वास्थ्य

नुनको विकल्पले हृदय रोगबाट बचाउँछ

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताउनुभएको छ । उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डो¥याउने ठूलो जोखिमको कारक भएको बताउँदै उहाँले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गर्नुभयो । आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ । चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ । चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानज स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नील बताउनुहुन्छ । पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उहाँ उल्लेख गर्नुहुन्छ । बीस वर्षदेखि अध्ययनअनुसन्धानमा व्यस्त उहाँले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताउनुभयो । पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उहाँले जोड दिनुभएको छ । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिने उहाँको तर्क छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

लोकप्रिय



भर्खरै

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology