काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियामक निकायलाई जिम्मेवारीअनुसार काम गर्न सतर्क गराएको छ । अख्तियारले बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकलगायतका निकायलाई निर्देशन दिएको छ ।

अख्यिारले सरकारका सबै नियामक निकायका प्रमुखहरूलाई बुधबार आयोगमा नै बोलाएर सुशासन कायम गर्न आपसी रूपमा समन्वय गर्दै अघि बढ्न निर्देशनसमेत दिएको हो । ‘अहिले पनि बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको बुझिएकाले त्यसलाई तत्काल रोक्नुपर्छ,’ अख्तियारले दिएको निर्देशनमा भनिएको छ ।

अख्तियारले नियमक निकायका रूपमा रहेका राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बिमा समिति, विद्युत् नियमन आयोगका प्रमुखहरूलाई बोलाएर सेवाप्रवाह प्रभावकारी बनाउन तथा सुशासन कायम गर्न विशेष जोड दिनुपर्ने भन्दै नियामक निकायका प्रमुखहरूलाई विशेष ध्यानाकर्षण गराएको छ ।स्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।

समाचार राजधानी दैनिकबाट

फाइल तस्विर