रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा–४ स्थित नवोदय शिशु सदन माविले नमूना संयुक्त राष्ट्र संघीय महासभाको आयोजना गर्ने भएको छ ।

आज सोमबार विद्यार्थी आफैले नै पत्रकार सम्मेलन मार्फत यहि हप्ताको भदौ १४ गतेदेखि १६ गतेसम्म बिहिबार, शुक्रबार र शनिबार हुने तीन दिवसीय संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरीने सो नमूना महासभाको विषयमा जानकारी गराएका हुन् ।

नमूना महासभामा महासचिवको भूमिका निर्वाह गर्न लाग्नु भएका रायन खनालबाट प्राप्त जानकारी अनुसार विद्यार्थीलाई विभिन्न राष्ट्रको प्रतिनिधित्व गराउँदै राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल तथा उक्त मुद्दामा सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइन लागिएको हो । जसले गर्दा विद्यार्थीहरुको नेतृत्व गर्न सक्ने विकास, उनीहरु भित्र लुकेर बसेको प्रतिभाको विकास गर्न मद्दत पुग्छ भन्ने हेतुले कार्यक्रमको गर्न लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ । क्लव हेटौडा पार्टी प्यालेसमा करिब एक सय ६० जना अनुमानित विद्यार्थीको सहभागिता हुने सभामा मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, चितवनको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीहरु पनि सहभागि हुने बताइएको छ ।