बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दास्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए. साइड फुटबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक नागस्वती भेट्रान्स ए विजयी भएको छ । आज हेटौंडा–७ स्थित नवज्योति खेल मैदानमा भएको तेस्रो खेलमा नागस्वती भेट्रान्स ए ले एनजेजे वाइ भेट्रान्स सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
आयोजक नागस्वतीको तर्फबाट पहिलो हाफको २२औँ मिनेटमा सुविन घिमिरेले र ३३ औँ मिनेटमा सुमन श्रेष्ठले १–१ गोल गरे । त्यस्तै दोस्रो हाफको ५० औँ मिनेटमा दिपेन राइले १ गोल गरे । दिपन राइको गोल निर्णयक गोल बन्यो ।
खेलको म्यान अफद म्याच आयोजक टिमको तर्फबाट सुविन घिमिरे घोषित भए ।

एनआरटी भेट्रान्स काठगमाडौं र पश्चिम भेट्रान्स चितवन बिच प्रतिस्पर्धा भइरहेको छ ।१६ वटा क्लबहरुको सहभागिता रहेको प्रतियोगिताको उपाधी विजेता टिमले २ लाख १ हजार रुपैया उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज २० गते ३ बजे हुनेछ । प्रतियोगितामा १३ लाख खर्च हुने अनुमान गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्