हेटौंडा । धनुषा जिल्लाका प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा ३ जना, सार्वजानिक अपराधका १ जना र हाहतियार खरखजनाका मुद्दामा फरार रहेको १ जना प्रतिवादी रहेका छन् । जिल्ला अदालत धनुषाबाट तोकिएको कैद तथा जरिवाना सजायको वरदाता पश्चात फरार यस प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा बुधबार पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ३ जनालाई ५ वर्षको सजाय हुनेगरी जिल्ला अदालत धनुषाले फैसला सुनाएको थियो ।
यस्तै, सार्वजानिक अपराधमा फरार रहेका प्रतिवादीलाई ६ महिना कैद तथा ५ सय रुपैयाँको जरिवाना हुनेगरी जिल्ला अदालतले फैसला सुनाएको थियो भने हातहतियारको मुद्दामा फरार रहेका प्रतिवादीलाई १ वर्ष ३ महिनाको कैद तथा १५ हजार रुपैयाँ जरिवाना हुनेगरी सजाय सुनाएको थियो । पक्राउ परेका ५ जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्