सधैंझैं बिरामीका बारेमा पूर्वसूचना तथा स्थलगत सर्वेक्षण गराएर मात्रै आँखा शिविर सञ्चालनमा दोरम्बा आइपुगेका चिकित्सक सन्दुक रुइतसहितको टोली बिहीबार अचम्ममा पर्यो, जब यहाँ वर्षौर्देंखि आँखा नदेखेरै जीवन बिताइरहेका र एकाएक अन्धोपन भएका बिरामी फेला परे ।
रामेछापको दोरम्बामा सञ्चालित शिविरमा दुवै आँखा नदेख्ने लोप्साङ तामाङ ९७००, चर्के थामी ९८००, मैच्याङ तामाङ ९७५०, मीनबहादुर तामाङ ९७६०, पुतली बसेल ९९०० र कृष्णबहादुर माझी ९३८० । तस्बिर स् अंगद ढकालरकान्तिपुर
आफन्तको सहारा लिएर शिविर आइपुगेका दोरम्बा–७ थापागाउँका ७६ वर्षीय मीनबहादुर तामाङ ४ वर्षयता एकाएक आँखा नदेख्ने भएका रहेछन् । छोराछोरी काठमाडौंवासी र भरथेग गर्ने एउटा नाति अरब मुलुक गएपछि आफू अँध्यारोमै बसिरहेको उनले सुनाए । ‘धन्य, घरआँगनमै शिविर आएको थाहा भयो, त्यही भएर उज्यालो देखिएला कि भनेर यहाँ आएको हुँ,’ तामाङले भने ।
तामाङको छेवैमा बसेका सिन्धुपाल्चोक सुकुटेका ३८ वर्षीय कृष्णबहादुर माझी पनि एकाएक दृष्टिहीन बनेको व्यथा सुनाइरहेका थिए । उनी एक वर्षअघि मात्रै दृष्टिहीन बनेका रहेछन् । श्रीमती रीताका अनुसार कृष्णबहादुरको दुवै आँखाको ज्योति गुमे पनि यसबारे सुकुटेमा कसैले निर्क्योल दिन सकेका थिएनन् । उनी दिनभरको गाडी बाटो छिचोलेर दोरम्बा शिविर आइपुगेकी हुन् । ‘ज्यामी काम गरेर गरिखानुपर्छ । घरमा ३ छोराको हेरचाह गर्नुपर्छ,’ उनले भनिन्, ‘श्रीमान्को दुवै आँखा नहुँदा पाएको पीर भन्नै नसकिने भएपछि शिविरमा आइपुगेको हो ।’
दोरम्बाको दोरम्बा शैलुङ(२ स्थित काकलिङ विद्यालयमा बिहीबार सुरु भएको आँखा स्वास्थ्य शिविरमा मोतिबिन्दू शल्यचिकित्सा गर्दै डा।सन्दूक९दायाँ० र छोरा डा। सागर रुइत ९बायाँ बेड० ।
दोरम्बाको दोरम्बा शैलुङ(२ स्थित काकलिङ विद्यालयमा बिहीबार सुरु भएको आँखा स्वास्थ्य शिविरमा मोतिबिन्दु शल्यचिकित्सा गर्दै डा।सन्दूक९दायाँ० र छोरा डा। सागर रुइत ९बायाँ बेड० ।
सोनापति–३ रामेछापकी ७५ वर्षीया मैच्याङ तामाङको पनि २ वर्षदेखि दुवै आँखा बन्द भएको थियो । रामेछापका लोप्ताङ तामाङ र दोरम्बाका ८६ वर्षे चर्के थामी पनि दुवै आँखा नदेख्ने अवस्थामा आफन्तको सहारामा शिविर आइपुगेका थिए । रामेछाप, टोकरपुरकै ९० वर्षीया पुतली बसेललाई उनकी भदैनी कविताले ढाडमा बोकेर शिविर ल्याएकी थिइन् । काठमाडौं बस्ने छोरो आफ्नै कामधन्दामा व्यस्त रहेकाले ६ महिनायता दुवै आँखा नदेख्ने भए पनि चुपै लागेर घरभित्रै बसेको उनले सुनाइन् ।
‘वर्षौंर्देखि आँखा नदेखेर बसेको अवस्थामा पनि बिरामी आवश्यक परामर्श र उपचारमा नआएको अवस्था अनौठो लाग्यो,’ दोरम्बा आँखा शिविरका टोली प्रमुख डा। सन्दुक रुइतले कान्तिपुरसँग भने, ‘यसरी एकाएक आँखा नदेख्नुमा चिनी रोगको प्रकोपसहितका अन्य कारण हुन सक्छन्, आज आवश्यक परीक्षण गरेर मात्रै दुवै आँखा नदेख्ने बिरामीको शल्यक्रियाबारे निधो हुन सक्छ ।’
नेपालमा रहेका गरिब तथा विपन्नका लागि निःशुल्क आँखा उपचार गर्ने परोपकारी लक्ष्यमा स्थापित तेज कोहिल एन्ड रुइत फाउन्डेसनले ‘दोरम्बा मोडल’ नाममा शिविर सञ्चालन गरेको हो । यो मोडललाई एसिया र अफ्रिकाका बाहिरी मुलुकुमा लैजाने भएको संस्थाका सहसंस्थापक डा। रुइतले जानकारी दिए । यही फाउन्डेसनका तर्फबाट यसअघि बाजुरा, दोलखासहितका जिल्लामा १२ हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यचिकित्सा भइसकेको छ । ‘राजधानी काठमाडौंको नजिकै रहेको तर दूरी, यातायात र अन्य सुविधाका आधारमा भौगोलिक विकटता बेहोरिरहेको दोरम्बामा आफ्नै जनशक्ति र प्राविधिक भरथेगमा शिविर सञ्चालन गर्न सकिने रहेछ भन्ने मोडललाई अघि बढाइने भएको छ,’ डा। रुइतले भने । फाउन्डेसनले तिलगंगाबाहेक अन्य सरकारी अस्पतालमा पनि मोतीबिन्दु उपचारमा सहयोग गर्ने भएको छ । यो परोपकारी काममा फाउन्डेसनका सहसंस्थापक बेलायती नागरिक तेज कोहिलले आउने एक वर्षका लागि झन्डै ४१ करोड रुपैयाँको कोष तर्जुमा गर्ने जानकारी दिइसकेका छन् । शिविरको अनुगमन तथा द्विपक्षीय सहयोगबारे परामर्श गर्न उद्यमी कोहिल शुक्रबार दोरम्बा आउँदै छन् ।
शिविरमा मोतिबिन्दु उपचारको परीक्षणअघि चियाखाजा खाँदै बिरामीहरू । तस्बिर स् अंगद ढकालरकान्तिपुर
तिलगंगा आँखा अस्पतालको जनशक्ति तथा प्राविधिक सहयोगमा जारी शिविरमा दोलखा, सिन्धुपाल्चोक, रामेछापसहितका जिल्लाबाट ३ सयभन्दा बढी बिरामी आएका छन् । बिहीबारै १ सय १० बिरामीको मोतीबिन्दु शल्यक्रिया भएको छ । शिविरमा पहिलोपटक डा। रुइत छोरा डा। सागर रुइतसँग एकसाथ शल्यक्रियामा संलग्न छन् । उपचारमा आएका सबै बिरामीलाई दोरम्बा शैलुङ–२ स्थित काकलिङ विद्यालयमा निःशुल्क आवासीय सुविधा छ । शिविरमा डा। रुइतको टोलीमा नेत्रचिकित्सा अध्यनरत केही विदेशी विद्यार्थीसमेत संलग्न छन् ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्