Rato Samachar
Tue, 10 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दुवै मिर्गाैला फेल भएका किसानद्वारा सहयोगको याचना

दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ । पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर काठमाडाँैका शिक्षण अस्पतालमा उपचाररत किसानको उपचारमा परिवारको रु सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउँदै आउनुभएको थियो । उहाँको दुवै मिर्गौलाले काम नगरेको र डाइलासिस गरिरहे पनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गमबहादुरका दाजु हेमराज किसानले बताउनुभयो । “घरको जायजेथाअनुसार उपचार गरिरहेका थियौँ, मिर्गौला फेर्न आवश्यक देखियो, जसका लागि आर्थिक सङ्कट पैदा भयो, आफन्तहरूले समेत सहयोग गरिसके”, हेमराजले भन्नुभयो, “उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौँ, भाइको जीवनरक्षाका लागि सबैको सहयोगको आवश्यकता छ, परिवारका सदस्यबाट समेत मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने देखिएकाले झनै समस्या सिर्जना भएको छ ।” बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान काम गर्दागर्दै बेहोस भएर ढलेपछि मात्रै मिर्गौला फेल भएको पत्ता लागेको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । उहाँको अहिले नियमित डायलासिस भइरहे पनि जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ । उहाँको उपचारमा अझै रु सात–आठ लाख खर्च लाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गमबहादुरको परिवारले सहयोगको याचना गरेको हो । मिर्गौलापीडित गमबहादुरलाई सहयोग गर्नका लागि उहाँका दाजु हेमराजको मोबाइल नं ९८६०६९७३३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । आर्थिकरूपमा कमजोर परिवारमा दुवै मिर्गौला फेल भएपछि कहीँकतैबाट आर्थिक रकम जुटेमा गमबहादुर किसानले नयाँ जीवन पाउनेमा उहाँको परिवार आशावादी रहेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

3

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

4

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

5

कुलमान नेतृत्व उज्यालो नेपालका सुरेन्द्र लामा मकवानपुर क्षेत्र -१ को उम्मेदवार बनेपछि…

रातो समाचार संवाददाता
6

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

7

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

8

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

9

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

10

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology