रोहित थापा/ जितपुर–सिमरा । वडा दशैंको रात, जब घर–घरमा टिका र मिठासको चहलपहल थियो ।त्यही समयमा मधेश प्रदेशको बारा जिल्लास्थित जितपुर(सीमरा उपमहानगरपालिका वडा नम्बर–७, स्थित मगरटोलमा करिब रातको ११ बजे एक सानी नानीको रुवाइ त्यस टोलमा गुञ्जियो ।

११ बजे रातको समय आउदै गरेको पुर्णिमाको जुनको उज्यालो भएपनि सानो नानी सुटुक्क छोडिएको अवस्थामा फेला परेपछि सबैमा अध्यारो छायो ।
स्थानीय बासिन्दरुवाइ सुनेर भावुक भए नै बच्चाको कोमल स्वरले कोही पनि निर्दयी बन्न सकेनन् ।
तत्काल प्रहरी प्रशासन र वडा कार्यालयलाई खबर गरियो। ७ नम्बर वडाध्यक्ष सुनिल कुमार गुप्ता घटनास्थलमा पुगे । तर, बच्चा सानी भएकाले तत्कालै घरमा राख्न असहज देखियो।
बच्चालाई कहाँ रकसरी राख्ने के गर्ने भन्ने केहीबेर छलफल भयो । यसैबीच, वडा सदस्य सिता उप्रेतीको घरमा संरक्षणमा दिने र बच्चाको आमा–बुबा आफन्त खोजी गर्ने निर्णय भयो ।
अहिले सानी नानी वडा सदस्यकै संरक्षणमा छिन् ।
बालिकालाई त्यहाँ कसरी छोडियो, र किन बेवारिसे बनाइयो भन्ने रहस्य अझै खुल्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय बारा, प्रहरी, स्थानीय सरकार र मानव अधिकारकर्मीहरू सबै सक्रिय भई सानी नानीको परिवार खोजीमा लागेका छन्।
घटनाकै दिनदेखि मानव अधिकार एलायन्स बाराका अध्यक्ष रिना बजगाँईले पनि सामाजिक सञ्जालमार्फत बच्चाको फोटो र भिडियो सार्वजनिक गर्दै आमाबुबा र आफन्त खोज्न अपिल गरेकी छिन्।
जितपुर बजारमा रिना कस्मेटिक पसलको प्रोपाइटरसमेत रहेकी रिनाले परिवार खोज्नु जरुरी रहेको बताएकी छिन् ।
उनि भन्छिन् “म मानव अधिकार सम्बन्धि जोडिएका कारण समाजको जिम्मेवारी हो नानीको आफन्त खोज्ने प्रयास गर्नु । हामी सबै यही चाहान्छौँ । तर, बच्चा दिनु भन्दै फोन आउँछ अचम्म छ। केवल माग्नु पर्याप्त छैन, परिवार खोज्न सहयोग गर्नु जरुरी छ ।
आक्रोस पोखेर रातो समाचारसँग कुरा गर्दै भनिन् “बच्चाको वास्तविक आवश्यकता उसको परिवारसँग पुनर्मिलन हो।”
यसै विषयमा वडा नम्बर ७ वडा सदस्य सिता उप्रेतीले स्थानीय प्रशासन, प्रहरी, सामाजिक संस्थाहरू सरोकारवालाहरुसंगै सहकार्य गरेर नानीको परिवार खोज्ने कार्य प्रक्रिया अघि सारिएको बताएकी छिन् ।
उनले संकटको घडीमा नानीलाई संरक्षण दिएको रातको समयमा छोडेर जानेको व्यापक खोजी भइरहेको बताईन् । आफु न्ययायीक समितिको सदस्य र वण सदस्य भएकाले जिम्मेवारी पुरा गर्ने कोशिस गरेको बताउछिन् ।
सोही विषयमा इलाका प्रहरी सिमाराका प्रहरी प्रमुख डिएसपी बेद प्रकाश जोशीले सानी नानी छाडीएको घटना गहन अनुसन्धान भइरहेको बताएका छन् ।
प्रमुख कुरा भन्नु रातको समयमा बच्चा छाडेर जानेलाई फेलापार्न प्रहरीको कार्यमा कुनै कमी नहुने प्रहरी प्रमुख जोशी बताउछन् ।
यसै विषयमा ७ नम्बर वडाध्यक्ष सुनिल कुमार गुप्ता पनि परिवार खोज्ने कार्यमा कुनै कञ्जुसी नगरेको बताउछन् ।
वडाध्यक्ष गुप्ता भन्छन् “न बुवाको हात न आमाको काख परिवार विहिन भएको आस्थामा छिन् । हामीलाइपनि पिडा छ । हामी नानीलाई कानुनले दिएको प्रक्रिया अनुसार संरक्षण गर्छौँ ।र प,िरवार खोज्छौँ । घटनाको यर्थाथमा पुग्ने कोशिस रहन्छ ।
सामाजिक सञ्जाल र मिडियामा पनि बच्चाको खोजीमा व्यापक प्रचार–प्रसार भइरहेको छ।
तर, आज सम्म नानी आमको दुध र काख बिहिन भएकी छिन् । मगरटोल बासी भावुक हुँदै भन्छन् नानीलाई छाडेर जाने तत्काल फेला पारियोस । अनि कारण सहित दोष अनुसार कारवाही र नानीको भविष्य सूनिश्चित गरियोस् ।
दशैंको उमंग उज्यालो अनि उत्सवबीच आएको यो घटनाले समाजलाई दुखाएको छ । घटनाबाट सिक्नुपर्ने कुरा स्पष्ट छ । उनको परिवारसँगको पुनर्मिलन मात्र होइन सुरक्षा सबैभन्दा महत्वपूर्ण छ।























प्रतिक्रिया दिनुहोस्