Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

तरकारी खेतीबाट मनग्य आम्दानी

  1. तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाइले लगानी बढाएर व्यवसाय विस्तार गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी खेतीतर्फ उनीहरु आकर्षित भएका हुन् । लामो समयको वैदेशिक रोजागरी पछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका भविलाल र टेकबहादुर विकले तरकारी खेती थालेपछि राम्रो कमाइ भएकाले लगानी वृद्धि गर्दै लगिएको बताएको हो । बागलुङ नगरपालिका–४ गौरीधामका ती दाजुभाइले पछिल्लो पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको हो । भाडाको जग्गामा तरकारी खेती गर्दै आइएका यसबाट राम्रो आम्दानी भएपछि थप क्षेत्र विस्तार गर्दै १४ रोपनी जग्गामा उहाँहरुले तरकारी खेती गर्नुभएको हो । दुई भाइले पाँच वर्षअघि एक÷एकवटा टनेलबाट सुरु गरेको तरकारी खेतीले अहिले व्यावसायिक रुप लिएको छ । विक दाजुभाइले स्थापना गरेको विकास कृषि तथा पशुपन्छी फर्ममा अहिले टमाटर, सिमी र अकबरे खुर्सानी छन् । “खुल्ला जग्गामा खेती गर्दा खासै राम्रो भएन विस्तारै टनेल बढाउँदै गयाँै, अहिले दुई भाइका १४ वटा प्लाष्टिक टनेल छन्,” टेकबहादुरले भन्नुभयो । “टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभँेडा र टिप्नका लागि तयारी गोलभँेडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ, एक टनेलबाट सुरु भएको व्यावसायिक तरकारी खेती अहिले १४ वटा टनेलमा पुगेको छ ।” उहाँका अनुसार अहिले टमाटरको भाउ राम्रो भएकाले आम्दानी बढेको छ भने हालै टेकबहादुरको फर्ममा कृषि ज्ञान केन्द्रको रु एक लाख ५० हजार र कृषकको रु एक लाख पाँच हजार गरी दुईवटा टनेलसमेत थप गरिएको छ । पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाइँ सकेर नेपाल फर्कनुभएका उहाँ र मलेसियामा ११ वर्ष रोजगारी गर्नुभएका भविलालले वार्षिक रु ५० हजार भाडा तिर्नेगरी १४ रोपनी जग्गा लिएर व्यावसायिक तरकारी खेती थाल्नुभएको हो । वोइलर कुखुरा, टनेलमा टमाटर, लोकल कुखुरा र हाँससहित अन्य तरकारी बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आएको उहाँहरु बताउनुहुन्छ । हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्था गर्न रु १५ लाख लगानी भइसकेको भविलाल बताउनुहुन्छ । टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि अपनाउँदै आएका दाजुभाइ प्रविधिको विकाससँगै आम्दानी दोब्बर हुँदै आएको छ भन्नुहुन्छ । उहाँहरुले परीक्षणका लागि एउटा टनेलभित्र अकबरे खुर्सानीसमेत लगाउनुभएको छ । अकबरे खुर्सानीको बजार मूल्य उच्च भएकाले खुर्सानी खेतीसमेत सुरु गरिएको हो । विदेशको कमाइले जाडेको जग्गामा दुई भाइले अलग–अलग घर बनाएर भाडाको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँहरुले आफ्नो पुख्र्याैली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा समेत आलु खेती गर्दै आउनुभएको छ । धम्जा आलुको पकेट क्षेत्र हो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology