हेटौंडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले जेन–जी पुस्ताले सुरु गरेको सुशासनमुखी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । अध्यक्ष प्रचण्डले सरकारको दमन र नरसंहारको उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आन्दोलनका क्रममा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले भ्रष्टाचारविरुद्ध उठेका मुद्दा जायज भएको प्रष्ट पारेका छन्, ।
“जेन–जी पुस्ताको माग न लोकतन्त्रविरुद्ध हो, न संसद् विघटनको पक्षमा नै। ती माग संविधान र संसदीय प्रक्रियामार्फत पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौं,, उनले विज्ञप्ती मार्फत भने ।”प्रचण्डले आन्दोलनमा घुसेर तोडफोड, लुटपाट र आगजनी गर्ने तत्व जेन–जी युवाहरु नभएको स्पष्ट पारेका छन् । “इतिहासमै सर्वाधिक नकारात्मक घटना बनेका यी गतिविधि आन्दोलनकारीको आदर्शसँग मेल नखाएको, यसको छानबिन उक्त कुराको छानबिन हुनुपर्ने माग राखेका छन् ।
संविधान जारी गर्दा उठाएका फरक मतहरू (प्रत्यक्ष कार्यकारी, सांसदलाई मन्त्री नबनाउने, सम्पत्ति छानबिन आयोग) आज पनि प्रासंगिक रहेको उल्लेख गर्दै उनले “यी माग सुनिश्चित नभएकै कारण जनता आक्रोशित बनेका दाजी गरेका छन् । ”प्रचण्डले संक्रमणकालीन परिस्थितिको फाइदा उठाउन सक्ने प्रतिगामी शक्तिप्रति सचेत रहन सबैलाई आग्रह गर्दै शान्ति, संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । यस्तै, उनले राष्ट्रपतिको पहल र सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको भन्दै संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणमा विचलित नहुन जनतालाई अपिल गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्