मकवानपुर । जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता अप्सरा बस्नेत निर्वाचित भएकी छन् ।
महिला अधिवक्ता र अधिवक्ता पुरुष विच भएको चुनावी मैदानमा प्रतिद्धन्दि पुरुषलाई पराजित गर्दै बस्नेत निर्वाचित भएकी हुन् ।
२४ जना कानुन व्यवसायीहरुले मतदान गरेका थिए ।
बारको अध्यक्षको प्रतिद्धन्दि ऋषि केबीलाई ३ मतान्तरले पराजित गर्दै पहिलो पटक महिला अधिवक्ताले बारको नेतृत्व गर्ने भएकी हुन् ।
जम्मा रहेको २४ मतमा बस्नेतले १३ मत प्राप्त गरिन् भने केबीले १० मत प्राप्त गरे ।
त्यस्तैगरि उपाध्यक्षमा अधिवक्ता जयराम सुबेदी निर्वाचित भएका छन् । उनले १४ मत पाए भने प्रतिद्धन्दि अधिवक्ता बुुद्धिराज ढकालले १० मत पाए ।
सचिवमा अधिवक्ता शान्ति माया मुक्तान र कृष्ण प्रसाद छत्कुलीको बराबर मत भएको थियो ।
दुबै विच मत बराबर भएपछि पहिलो १ वर्ष छत्कुली र दोस्रो वर्ष मुक्तान सचिव हुने आपसी सहमती भएको छ ।
सह–सचिवमा अधिवक्ता रमिता चौलागाई निर्वाचित भएकी हुन्
कोषध्यक्षका लागि अधिवक्ता राधा कृषण मैनाली आरके ले १३ मत प्राप्त गर्दैे निर्वाचित भएका छन् ।
उनका प्रतिद्धन्दि रहेका देव प्रसाद ढकालले ११ मत पाए ।
सदस्यमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा अधिवक्ता जगननाथ सुबेदी, पंकज अधिकारी र दिपेन्द्र ढकाल रहेका छन् ।
त्यस्तै केन्द्रिय पार्षद तर्फ अज्मिर केसी र उत्तम कुमार केसी रहेका छन् ।

अध्यक्षमा निर्वाचित अधिवक्ता अप्सरा बस्नेत यस् अनलाइनको कानुनी सल्लाहकार हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्