हेटौंडा । हेटौंडा-१०,स्थित टिसीएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट टिसीएन चौरको महोत्सवमा सुरु भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको लिगकम नकआउटको प्रतियोगिताबाट ४ वटा टिम समूह चरणको विजेता बन्दै र ४ वटा टिम उपविजेता क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत भोलि सोमबारबाट क्वाटरफाइनल चरणको खेलहरु सुरु हुने मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मुक्तानले जानकारी दिएका छन् ।
पहिलो खेलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लबले हेटौंडा–१५,स्थित सफल केयर क्लबीलाई २५-१४ र २५-१३ ले सहजै पराजित गरेको छ । दोस्रो खेलमा थाहा-६,स्थित नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराहीले हेटौंडा-९,स्थित पशुपती युवा क्लबलाई २५-१२ र २५-२१ को सोझो सेटले सहजै पराजित गरेको छ । तेस्रो खेलमाथाहा-६,स्थित नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराहीले हेटौंडा-९,स्थित पशुपती युवा क्लबलाई २५-१२ र २५-२१ को सोझो सेटले सहजै पराजित गरेको छ । तेस्रो खेलमा मनहरी गाउँपालिकाले २५-१४ र २५-१८ को सोझो सेटले हेटौंडा-३,स्थित मिलन युवा क्लबलाई सहजै पराजित गरेको छ । चौँथों तथा अन्तिम खेलमा हेटौंडा-११,स्थित छहारी युवा समाजको टिमलाई २५-१७ र २५-१४ को सोझो सेटले पराजित गरेको छ । मनहरी गाउँपालिकाले २५-१४ र २५-१८ को सोझो सेटले हेटौंडा-३,स्थित मिलन युवा क्लबलाई सहजै पराजित गरेको छ । चौँथों तथा अन्तिम खेलमा हेटौंडा-११,स्थित छहारी युवा समाजको टिमलाई २५-१७ र २५-१४ को सोझो सेटले पराजित गरेको छ ।
भोलि सोमबार बिहान ११ बजेबाट क्वाटरफाइनल चरणको खेलहरु सुरु हुनेछ भने मङ्गलबार सेमीफाइनल र फाइनल चरणको खेल हुनेछ । सेमीफाइन चरणबाट बेष्टाअफ ५ को खेल खेलाइने बताइएको छ । क्वाटरफाइनलको पहिलो खेलमा मंगलेश्वर युवा क्लब र मिलन युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा नव प्रतिभा युवा क्लब र बागमती गाउँपालिकाबीछ प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा मनहरी गाउँपालिका र सफल केयर क्लबबीच प्रतिस्पर्धा हुनेछ भने चौँथो खेलमा छहारी युवा समाज र पशुपती युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।
जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षा तथा हेटौंडा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्त सिटौलाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन भएको थियो । महोत्सवमा अन्य कराँते, तेक्वान्दो र महिला भलिबल लगायतका खेलहरु सञ्चालन अध्यक्ष मुक्तानले बताए ।
























प्रतिक्रिया दिनुहोस्