हेटौंडा । जन आकाश मिडिया प्रा.लि.ले  १८ औं वार्षिकोत्सव  मनाउन लागेको छ ।  नेपालको एक प्रतिष्ठित सञ्चारमाध्यमको रुपमा परिचित जन आकाश मिडिया प्रा.लि.ले  हरेक वर्षको  श्रावण ३१ गते कार्यक्रम गर्ने गरेकोमा यस वर्षपनि विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउन लागेको हो ।

विगतमा जस्तै यस वर्षपनि राष्ट्र र समाजलाई योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान तथा प्रोत्सहन गर्ने,  पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका वरिष्ड पत्रकार र युवा पत्रकार गरी दुई जनालाई सम्मान गर्ने, सुसेली विद्यातर्फ नेपाल सुसेली फाउण्डेशनको सहकार्यमा सम्मान तथा पुरुस्कार साथै जन अकाश मिडियाले संचालन गरेको संगीत खबर कार्यक्रममा भाग लिएका कलाकारहरु मध्यवाट उत्कृष्ट एक जनालाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम रहेको मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी गराएका छन् ।

अध्यक्ष मोहन कार्कीको नेतृत्वमा सञ्चालन हुदै आएको जन आकाश मिडियाले प्रत्येक मंगलवार जन आकाश साप्ताहिक, जन आकाश डटकम अनलाई न्यूज, जन आकाश टिभि युटुव च्यानल सञ्चालनमा रहेको बताइएको छ । कार्की स्वयम लेखक पनि हुन् । उनले लेखेको माइली नामक उपन्यास, कृपज नामक विकासवादी कृति प्रकाशन बजारमा गईसकेका छन् । भने आउन साथी आउ सवै मिली विजयको मिठो गीत गाउ बोलको स्वदेश गान लेखेर बजारमा समेत ल्याएका छन् । गाउका कुना काप्चामा प्रतिमा भएका प्रतिभाहरुलाई अवसरको लागि भनेर उनले संगीत खबर कार्यक्रमको परिकल्पना गरी हाल उक्त कार्यक्रम जन आकाश टिभि युटुभ च्यानलवाट प्रशारण हुने गरेको छ ।

सानैदेखि कलाकारिताका रुचि भएपनि आर्थिक अवस्थाले बन्चित भएको बताए ।  बञ्चित भएका प्रतिभाहरु देशका कुनै ठाउँहरुमा  होलान भन्ने सोचेर संगीत खबर कार्यक्रम प्रतिभालाई सम्मान नव प्रतिभाहरुलाई  अवसर भन्ने उदेश्यका साथ कार्यक्रम गर्दै आएको बताउने गरेका छन् । हालसम्म झण्डै १०० भन्दा बढी प्रतिभाहरुले जन आकाशले निर्माण गरेको संगीत खबर कार्यक्रममा सहभागी भईसकेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी