हेटौंडा । हेटौंडा–८,कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा चौंथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारबाट कमाने क्रिकेट क्लबको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य प्रयोजनमा प्रतियोगिता सुरु भएको हो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बलिङ गरेर र वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाले व्याटिङ्ग गरेर संयुक्त रुपमा प्रतियोगिताको उद्धाटन गरेका हुन् । क्लबले विगद भन्दा फरक ढंगबाट प्रतियोगिता सञ्चालन गर्न यस वर्षबाट २० ओभरको खेलाएको छ ।
आजको पहिलो तथा उद्धाटन खेलमा कमाने इ प्लानेट ब्लाष्टर र कमाने एक्सपर्ट भिजन–११ बीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलमा टस जितेको इप्लानेटले ब्याटिङ गरिरहेको छ । आजैको दोस्रो खेलमा कमाने लायन्स र कमाने रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । माघ १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्धाटन खेल संयोजक विष्णु दहालको सभाध्यक्षमा तथा म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा भएको हो ।
उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै प्रिन्सीपल जोशीले नेपालको सन्दर्भमा क्रिकेट खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । क्लबले आयोजना गरेको यस खेलबाटै विभिन्न खेलाडीहरु छनोट भएर राष्ट्रियस्तरमा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस्तै खाल्का प्रतियोगिताहरुबाटै खेलाडीहरु उत्पादन हुनेछन् । यस प्रतियोगिता उत्कृष्ट हुने खेलाडीलाई आफ्नो तर्फबाट ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गर्ने उनले घोषणा गरे ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस वर्षको प्रतियोगिताको पुरस्कारको राशि बढाइएको हो ।























प्रतिक्रिया दिनुहोस्