नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का चयन भएका छन् ।
निर्माताहरुको छाता संस्थाको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका हुन् भनेउपाध्यक्ष पदमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध चयन भएका छन् ।
महाधिवेशनको लागि तोकिएको समय अर्थात बिहीवार उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदकालागिनवलको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध चुनिएको छ ।
त्यस्ैेगरि महासचिवमा सुनिलकुमार थापा चयन भएका छन् । सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भएका हुन् ।
संघको सदस्यहरूमा भने माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भएका छन् ।
सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएपछि अब निर्माता संघले चुनावी साधारण सभाबाट औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गर्नेछ ।
५ वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवारलाई राखिएको छ














प्रतिक्रिया दिनुहोस्