हेटौंडा । चर्चित गायिका रचना रिमाललाई हेटौंडामा चित्र उपहार प्रदान गरिएको छ । मकनपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडा १० स्थित टिसिएन् चौरमा जारी दोस्रो बृहत खेलकुद तथा कृषि पर्यटन महोत्सवमामा सोमबार आफ्नो सांगीतिक प्रस्तुति दिन आएकी चर्चित गायिका रचना रिमाललाई उनकै चित्र बनाएर उपहार स्वरुप उक्त चित्र प्रदान गरिएको हो ।

गायिका रचना रिमालकी फ्यान रश्मी भट्टराईले आफ्नै हातले बनाएको स्केच चित्र उपहार स्वरूप उनलाई प्रदान गरेकी हुन् । सुरुवाती चरणदेखि नै रचना रिमाललाई चित्र प्रदान गर्न उत्साहित भएकी रश्मी बस्नेत गायिका रचना रिमालले अच्छा लेकिन लन्डनको चिसोले समाउँला गीत प्रस्तुति गर्दै गर्दा रिमालसँगै उक्त गीत गाउँदै चित्रप्रदर्शनी गरेकी थिइन् । त्यसपछि गायिका रिमाले उक्त चित्र देख्ने बित्तिकै उनलाई स्टेजमा आमन्त्रण गरेकी थिइन् ।

चित्र ग्रहण गरेपछि गायका रिमालले आफूभन्दा चित्त राम्रो बनाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् । उनले उक्त चित्र आफ्नो आश आधिकारिक फेसबुक पेजमा समेत सार्वजनिक गरेकी छिन् । उनले महोत्सवमा फोटो फिरिमा, टन्न पैसा, सुन्न पियारी लगायतको गीत प्रस्तुत गरेकी थिइन् ।

रातो समाचार संवाददाता
थप जानकारी