हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा काठमाडौंमा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको १६ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धाटन दशरथ रंगशालामा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभाध्यक्षमा तथा युवा तथा खेलकुद मन्त्री उर्मीला नेपालको सभाध्यक्षमा प्रतियोगिताको उद्धाटन समारोह भएको थियो ।

दशरथ रंगशालामा भएको उद्धाटन कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान अन्य लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । गत वर्ष भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि काठमाडौंको जितेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य दीपक लामाले जानकारी गराएका छन् । रंगशालामा झाँकी र्याली, नृत्य, बाजा गाजा र मार्चपासहितको प्रस्तुती मार्फत उद्धाटन गरिएको हो ।

राष्ट्रपति रनिङ्ग शिल्डको छनोट प्रतियोगितामा उसु, तेक्वान्दो,कराँते,कबड्डी,भलिबल र एथ्लेटिक्स लगायतका खेलहरु सञ्चालन हुने सदस्य सचिव दीपक लामाले बताए । बुधबारबाट सुरु भएको प्रतियागिता पर्सी शुक्रबार सम्म सञ्चालन हुने उनले बताए ।

भलिबलमा छात्र र छात्रातर्फ मकवानपुर क्वार्टरफाइनलमा

हेटौंडा । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा भलिबलमा छात्र र छात्रातर्फ दुबै मकवानपुरले क्वार्टरफाइनलको स्थान ओग्टन सफल भएको छ । बुधबारबाट जावला खेलको भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको भलिबल खेलमा मकवानपुरले क्वार्टरफाइनलमा आफ्‌नो स्थान सुरक्षित गर्न सफल भएको प्रशिक्षक नरेन्द्र मोक्तानले बताएका छन् । छात्रतर्फ मकवानपुरले ललितपूरलाई २–० को सोझो सेटले र छात्रातर्फ मकवानपुरले धादिङलाई २–१ को सेटले पराजित गरेको प्रशिक्षक मोक्तानले बताए ।

छात्रतर्फको खेलमा मकवानपुरले २५–१२ र २५–१७ को सेटले पराजित गरेको थियो भने छात्रातर्फ मकवानपुरले धादिङ जिल्लालाई २५–११ ले पहिलो सेटमा सहजै पराजित गरेको थियो । त्यसपछि दोस्रो सेटमा धादिङसँग मकवानपुर २४–२६ को सेटले पराजित हुने पर्यो । अन्तिम सेटमा भने मकवानपुरले पुर्न आगमन गर्दै धादिङलाई १५–९ को सेटले पराजित गर्दै जित सुनिश्चित गर्यो । भोलि क्वार्टरफाइनलको खेलमा मकवानपुरले छात्रतर्फ सेमीफाइनल प्रवेशका लागि सिन्धुलीको सामना गर्नुपर्ने र छात्रातर्फ रामेछापको सामना गर्नुपर्ने उनले बताएका छन् । भलिबलतर्फको प्रतियोगिता छात्र र छात्रातर्फ १३ जिल्लाका टिमहरुको सहभागिता रहेको उनले बताए ।

प्रतियोगिताको उद्धाटन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो वर्षबाट प्रदेश सरकार प्रदेशको शान, खेलाडीको सम्मान भन्ने मूल नाराका साथ सेवा निवृत्त कर्मचारीले सम्मान पाएको जस्तैगरी प्रदेश सरकारले पनि केही सुविधा पाउनेगरी सम्मान गर्ने बताए । उनले जीवन खेलमा बिताएको, विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर आफ्‌नो पहिचान बनाउने सफल भएको प्रदेशका खेलाडीहरुका लागि त्यस्तै प्रकारका नीति कार्यक्रम ल्याएर प्रोत्साहन गर्ने लक्ष्य लिएको बताए । खेलले मानिसहरुलाई अनुशासित स्वस्थ्य,मर्यातिद बनाउने भएकोले यसलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले ७ प्रदेशका खेलाडीहरु सहभागी हुन पाउनेगरी अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अयोजना गर्ने उनले विश्वास दिलाए ।

प्रतियोगिता अन्तर्गत उसु राष्ट्रिय खेलकुद परिषद् (राखेपा)को त्रिपूरेधारको कभर्ड हलमा, कराँते कीर्तिपुरमा, तेक्वान्दो ललितपूरको तेक्वान्दो महासंघको सभाहलमा, कबड्डी काठमाडौंको भूकम्प स्मृतिको सभा हलमा, भलिबल जावलाखेल भलिबल केन्द्रको सभा हलमा र एथ्लेटिक्स दशरथ हुनेछ । प्रतियोगितामा नगर, जिल्लाबाट छनोट भएका खेलाडीहरुको सहभागिता रहेको छ भने प्रदेशबाट छनौट भएका खेलाडीहरुले केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । तेक्वान्दो, उसु र कराँतेको खेल भने भोलि हुने बताइएको छ ।

मकवानपुर जिल्लाले अघिल्लो वर्षको तुलनामा बढी पदक हासिल गर्ने लक्ष्य लिएको अध्यक्ष राजकुमार मोक्तानले बताए । उनका अनुसार गत वर्ष जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई विविध कारणले बन्द प्रशिक्षणमा राख्न नसकेपनि यस वर्ष भने बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसैले पनि प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुरले नतीजा राम्रो ल्याउने विश्वास लिएको उनले बताए । गत वर्षको प्रतियोगितामा मकवानपुर चौंथो स्थानमा पर्न सफल भएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी