हेटौंडा । नेपाली काँग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले यस पटकको चुनावमा पनि हार व्यर्होरेकी छिन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा काँग्रेसबाट उम्मेद्वार बनेकी महालक्ष्मी उपाध्याय डीनाको यो हार पाँचौं पटकको हार हो । मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेद्वार बनेका काँग्रेसका जिल्ला सभापति बुद्ध लामाको भने यो पहिलो हार हो ।
यस अघि गएको वर्ष २०७९ सालमा मकवानपुर–१ बाट उम्मेद्वार बनेकी डीना तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । उनी दीपकबहादुर सिंह सँग २,३९३ मतले हारेकी थिइन् ।
त्यस अघि मकवानपुर–२ बाट चुनावमा होमिएकी डीनाले २०४८ देखि २०७४ सालसम्म नेकपा एमालेबाट उम्मेद्वार बनेका विरोध खतिवडासँग पराजित भएकी थिइन् । डीनालाई दामोदर खनालको प्रस्तावकमा उम्मेद्वारी बनाउँदा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको समर्थन रहेको थियो ।
उनले यो पटक पनि मकवानपुरका जनताको मन जितेंपनि मत पाउन र निर्वाचन जित्न नसकेको फेसबुकको स्टाटस मार्फत दुख व्यवक्त गरिन् । यो निर्वाचन कांग्रेसको पक्षमा रहेको र केही विषयको समीक्षा गर्न जरुरी रहेको बताए । उनले मकवानपुर–१ निर्वाचित प्रकाश गौतमलाई बदाई व्यक्त गरेकी थिइन् ।




















प्रतिक्रिया दिनुहोस्