Rato Samachar
Sun, 14 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
शिक्षा समाचार

एसइईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने

  • राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए–गे्रड भन्ने गरिन्छ । सार्वजनिक प्रदेशगत नतिजाअनुसार कर्णालीका चार हजार ३५ परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३८३ ले २.४ देखि २.८ जीपीए, १० हजार ७३ ले २.० देखि २.४ जीपीए, सात हजार ७७६ ले १.६ देखि २.० जीपीए, दुई हजार ९९४ ले १.२ देखि १.६ जीपीए, १७५ ले ०.८ देखि १.२ जीपीए ल्याए । प्रदेशगतरुपमा उच्च अङ्क ल्याउने परीक्षार्थी बागमति प्रदेशका सबैभन्दा बढी छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालले प्रदेशगतरुपमा कर्णालीको नतिजा कमजोर हुनुमा विभिन्न तत्वको सम्मिश्रण रहेको बताउनुभयो । “प्रदेशको तुलना गर्दा यहाँ निकै कम विद्यार्थी परीक्षामा सहभागी हुन्छन्, त्यसले स्वभाविक रुपले प्रतिशतमा कम देखिने नै भयो,” उहाँले भन्नुभयो, “कर्णालीको समग्र विकास, गरिबी, शैक्षिक विकास लगायतले नतिजामा प्रभाव पर्दछ ।” कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको निर्देशक हमालको भनाइ छ । “गत वर्ष लिखित परीक्षा हुनु नै ठूलो कुरा थियो, परीक्षा हुन्छ की हुन्न भन्ने अन्यौलकै बीचमा विद्यार्थी परीक्षामा सहभागी भएका हुन,” उहाँले भन्नुभयो । शैक्षिकसत्र २०७६ र २०७७ मा कोरोना महामारी बढ्दै गएपछि विद्यालय क्वारेन्टिानका रुपमा प्रयोग भए । जसले गर्दा भौतिक उपस्थितिमा पढाइ, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको थियो । ती दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसको आधारमा परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण गरी एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा बोर्डले यसपटक प्रदेशअनुसार अनिवार्य विषयको बेग्ला–बेग्लै प्रश्नपत्र बनाउनुका साथै उत्तरपुस्तिका पनि प्रदेशमै जाँच गर्ने व्यवस्था मिलाएको थियो । वीरेन्द्रनगर नगरपालिकाका शिक्षा उपसचिव धिरेन्द्रप्रसाद लम्सालले विषयगत शिक्षक दरबन्दी न्यून हुनु, शिक्षण सामग्री, पाठ्यपुस्तक समयमै उपलब्ध नहुनुजस्ता कारणले विद्यार्थीको सिकाइमा असर पुगेको बताउनुभयो । कर्णाली प्रदेशमा पर्याप्त विषयगत शिक्षक नहुँदा अधिकांश विद्यालयले निजी स्रोतमा शिक्षक व्यवस्थापन गर्दै आएका छन् । पछिल्ला वर्ष कोरोना महामारीका कारण कक्षा ८, ९ र १० को पढाइ नियमित हुन सकेको थिएन । शिक्षा उपसचिव लम्सालका अनुसार यसपटक नतिजा कमजोर आउनुमा अनलाइन कक्षा प्रभावकारी बन्न नसक्नु, पढाइ नियमित नुहुन, विषयगत शिक्षकको कमी हुनु नै मुख्य कारण हो । एसइईको नतिजा सुधार्न प्रदेश र स्थानीय सरकारले सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने सरोकारवालाको सुझाव छ । शिक्षाका लागि राष्ट्रिय अभियानका सुर्खेत संयोजक टिकाराम आचार्यले विषयगत शिक्षकको दरबन्दी व्यवस्थापन गर्नुपर्ने, समयमै पुस्तक उपलब्ध गराउनुपर्ने, तल्ला कक्षाबाटै पढाइको गुणस्तर सुधारमा ध्यान दिन सके एसइईको नतिजामा उल्लेख्य सुधार आउने टिप्पणी गर्नुभयो ।—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology