Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

एशिया क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘एबिसी’मा !

आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर ९एबिसी० मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबिसी’मा वर्सेनि ठूलो सङ्ख्यामा पदयात्री पर्यटक पुग्ने गरे पनि विगत दुई वर्षयता कोरोनाका कारण उक्त स्थानमा अपेक्षित पर्यटक पुग्न सकेका छैनन् । पदयात्रा पर्यटनलाई नै मुख्य पेशा बनाएका यहाँका व्यवसायी कोरोनाका कारण सुस्ताएको अवस्थामा सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत उक्त स्थानमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको सम्मेलन गर्ने विषय समावेश गर्नाले अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताउनुभयो । “पदयात्रा पर्यटनसँगै दृश्यावलोकनका लागि आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा हुने उक्त सम्मेलनमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनको असरलगायतमा छलफल हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “यसले पछिल्ला वर्षमा भइरहेको तापमान वृद्धिले हिमाली क्षेत्रमा पारिरहेका असरलगायत विषयमा अन्तर्राष्ट्रिय चासो पनि बढाउने छ ।”सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । ‘एबिसी’को संरक्षणलाई जोड दिँदै सन् १९९० देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० क्रियाशील बन्दै आएको छ । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेको अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट चार हजार१३० मिटर उचाइमा छ । कोरोना सङ्क्रमण सुरु हुनुअघि यो आधारशिविरमा वर्षेनि हजारौँ विदेशी पर्यटक पुग्दथे । कोरोनाले गर्दा विदेशीको आगमन खस्केर आधारशिविरको पदयात्रामा जानेको सङ्ख्या कम भए पनि प्रवद्र्धनात्मक गतिविधि भएमा आधारशिविरमा आगामी दिन पर्याप्त विदेशी पर्यटक पठाउन सकिने यहाँका व्यवसायीले बताए । पछिल्लो तथ्याङ्कले सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६८३ विदेशी पर्यटक गएका थिए भने २०१९ मा उक्त सङ्ख्या घटेर २८ हजार ८६० पुगेको थियो । कोरोनाका बेलामा भने यहाँ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको थियो । कार्ययोजनामा सरकारले ‘एबिसी’मा गरिने सम्मेलनका लागि नेपाल पर्यटन बोर्डलाई मुख्य जिम्मेवार निकायको रुपमा तोक्दै चार महिनाभित्र सम्मेलन गर्ने उल्लेख गरिएको छ । नेपाल पर्यटन बोर्डको आगामी बजेट बनिरहेका अवस्थामा उक्त योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिनुभयो । कोरोनाबाट पीडित नेपालको पर्यटनमा सम्मेलन महत्वपूर्ण बन्ने बताउँदै उहाँले यसले विश्व पर्यटन बजारमा राम्रो सन्देश जाने उल्लेख गर्नुभयो । “हिमाली क्षेत्रको पर्यटनको विकासलाई पनि यसले महत्वपूर्ण योगदान दिने छ, ‘एबिसी’ आफैमा साहसिक पर्यटन गन्तव्य भएकाले सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउँछ,” प्रवक्ता लामिछानेले भन्नुभयो, । ‘एबिसी’ सम्मेलनले अन्नपूर्ण क्षेत्र र पोखरा विशेषरुपमा लाभान्वित हुने अपेक्षा उहाँले गर्नुभयो ।पछिल्लो समयमा अन्नपूर्ण आधार शिविरको पदमार्गमा पर्यटकलाई लक्ष्य गरी विभिन्न पूर्वाधार बन्ने क्रमले पनि गति लिएको छ । चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता अहिले अन्त्य भई सुविधा सम्पन्न होटेल बनेका र थप पूर्वाधार थपिने क्रम पनि जारी छ । अन्नपूर्ण आधार शिविर पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल रहेकामा हाल ती स्थानमा आवश्यकताअनुसार अन्य होटेलसहितका पूर्वाधार थपिएका छन् ।अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा थिए । पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । उक्त गाउँपालिका–१० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । आधार शिविरमा पहिला चारवटा होटेल रहेकामा अहिले दुईवटा थपिएका छन् । त्यस्तै माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा हेटल रहेकामा अहिले एउटा थपिएको छ । हिमालयमा यस अघि दुईटा होटेल रहेकामा एउटा थपिएको छ । देउरालीमा चार रहेकामा अहिले एउटा हेटल थपिएको छ । दोभानमा तीनवटा होटल रहेकामा दुई थप भइ सञ्चालनमा आइसकेका छन् । पर्यटक लक्षित पूर्वाधारसँगै स्थानीयवासीले पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणलाई पनि जोड दिएका छन् । यस क्षेत्रको धार्मिक विश्वास एवं प्राचीन संस्कृतिसँग जोडिएको दोभान र हिमालयको बीचमा रहेको प्रसिद्ध तीर्थस्थल बराहको मन्दिर निर्माण भइरहेको छ । ‘एबिसी’मा गर्ने भनिएको उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण बन्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो । “कार्ययोजनाअनुसार सम्मेलन गर्ने गरी सम्बद्ध निकायले तयारी थाल्नुपर्दछ”, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “हिमालको देश र बुद्धको जन्मभूमिजस्ता हाम्रा मौलिकतालाई विश्वमाझ पु¥याउनु जरुरी छ, यसका लागि अन्य राष्ट्रसँग सहकार्य गर्ने किसिमले राज्यले पनि नीति लिनुपर्दछ ।“साहसिक पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनयुक्त नेपाली पहिचानलाई विश्वपर्यटन बजारमा पु¥याउनका लागि यस किसिमका सम्मेलन बहुउपयोगी बन्ने उहाँको भनाइ थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology